राज्यलाई प्रतिनिधित्व गर्दै कालेबुङका छोरो सुसान थापा कियो सिनियर अल इन्डिया कराते च्याम्पियनसिपमा जाने

IMG-20230216-WA0098.jpg

कालेबुङ: आगमी १७ फरवरी देखि १९ फरवरीसम्म देहरादुनको उत्तराखण्डमा कराते इन्डिया अर्गानाइजेसनको आयोजनमा कियो सिनियर अल इन्डिया कराते च्याम्पियनसिपमा सम्पन्न हुन गइरहेको छ। यस कियो सिनियर अल इन्डिया कराते च्याम्पियनसिपमा सुसान थापाले राज्यलाई नै प्रतिनिधित्व गर्ने भएका छन्। वल्ड कराते फेडेरेसनद्वारा मान्यता प्राप्त गरेको कराते इन्डिया अर्गानाइजेसनद्वारा राष्ट्रिय स्तरको छनौट प्रतियोगितामा सुसान कराते अकादमीका मुख्य प्रशिक्षक तथा राष्ट्रीय रेफ्री अनि जर्ज सुसन थापा राज्यलाई प्रतिनिधित्व गर्ने बुधबार पत्रकार सम्मेलन मार्फत सुसन थापाले बताएका छन्।

About Author

Advertisement