यूएफा च्याम्पियन्स लीगः शक्तिशाली चेल्सी विरुद्ध म्याच जित्यो बोरुसिया डर्टमण्डले

CollageMaker_2023216122053289.jpg

१६ फरवरीः यूएफा च्याम्पियन्स लीग फूटबलमा राउण्ड अव् सिक्स्टीन चरण शुरु भइसकेको छ। यसअन्तर्गत बुधवार अबेर राति खेलिएको म्याचमा जर्मनीको क्लब बोरुसिया डर्टमण्डले शक्तिशाली चेल्सीलाई १-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड सिग्नल इदुना पार्कमा खेलिएको यस पहिलो लेगको म्याचमा डर्टमण्डले म्याच जित्न निक्कै मेहनत गर्नु पऱ्यो। म्याचमा ५३ प्रतिशत पोजेशनको साथ खेल्ने प्रीमियर लीग क्लब चेल्सीले लगातार दबाउ सृष्टि गरे पनि करिम एडेयेमीले ६३औं मिनटमा दिलाएको गोलले होम टीमलाई जीत दिलायो। म्याचमा चरम उत्तेजना पनि रह्यो अनि रेफरीले म्याचमा जम्मा १० वटा पहेंलो कार्ड देखाए। यसमा आधआ दर्जन त होम टीमको भाग्यमा रह्यो। यस अवे म्याचमा केवल एक गोल खाएको हुनाले चेल्सीलाई सामान्य हल्का चाहिँ भएको छ कारण यी दुई टीमबीच दोस्रो लेगको म्याच स्टेमफोर्ड ब्रीजमा खेलिनेछ।

About Author

Advertisement