यूएफा च्याम्पियन्स लीगः ब्रूगेको होम ग्राउण्डमा बेनफिकाको जीत

IMG-20230216-WA0102.jpg

१६ फरवरीः प्रतिष्ठित यूएफा च्याम्पियन्स लीग फूटबलको राउण्ड अव् सिक्स्टीनमा पोर्तुगलको क्लब बेनफिकाले महत्त्वपूर्ण जीत हासिल गऱ्यो। बुधवार राति खेलिएको पहिलो लेगको म्याचमा बेनफिकाले बेल्जियमको टीम क्लब ब्रूगेलाई २-०-ले पराजित गऱ्यो। क्लब ब्रूगेको होम ग्राउण्ड जान ब्रेडेल स्टेडियममा ५५ प्रतिशत पोजेशनको साथ खेल्दै पोर्तुगीच टीमले विपक्षी टीमलाई अधिक मौका दिएन। बेनफिकाले दुवै गोल दोस्रो हाफको खेलमा हासिल गऱ्यो। जोआओ मारिओले ५१औं मिनटमा पेनल्टीबाट गोलको खाता खोले। त्यसपछि डेविड नेरेसले ८८औं मिनटमा अझ एक गोल गरी बेनफिकाको जीत सुनिश्चित गरे। आफ्नो होम ग्राउण्डमा यस निराशाजनक हारले क्लब ब्रूगेको क्वार्टर फाइनलमा पुग्ने सम्भावनालाई ठूलो धक्का लागेको छ कारण यी दुई टीमबीच दोस्रो लेगको म्याच बेनफिकाको होम ग्राउण्डमा खेलिनेछ।

About Author

Advertisement