राज्यपाल लक्ष्मण प्रसाद आचार्यले गरे केन्द्रिय गृहमन्त्रीसँग शिष्टाचार भेट

gova_347

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज केन्द्रिय गृहमन्त्री अमित शाहसँग भेट गरेर विभिन्न विषयमाथि छलफल गरेका छन्। राजभवनले दिएको जानकारीअनुसार, यो शिष्टाचार भेट अवधि राज्यपालले गृहमन्त्रीलाई सिक्किम राज्यसित सम्बन्धित विभिन्न विषयमा सकारात्मक चर्चा गर्नसंगै राज्यको विकास योजना र अन्य विशेष गतिविधिमाथि प्रासंगिक जानकारी दिएका थिए। राज्यपालले यस भेटघाटलाई सार्थक बताएका छन् साथै राष्ट्र र राज्यमाझ सहयोग र समन्वय स्थापित गर्न फलदायी भएको मन्तव्य व्यक्त गरेका छन्। राज्यको विकासलाई बढावा दिन सहयोग र मार्गदर्शनका लागि राज्यपालले गृहमन्त्रीप्रति आभार व्यक्त गरेका छन्।

About Author

Advertisement