नेपालमा सुन तस्करीमा चिनियाँ नागरिक सक्रिय, हङकङबाट ल्याइएको झण्डै १०० केजी सुन बरामद

tax._557

काठमांडौँः नेपालमा सुन तस्करको जालोको रहस्य खुल्दै गएको छ। पछिल्लो तीन महिनामा ठूलो परिमाणमा सुन फेला परेसँगै तस्करीमा संलग्नहरू धमाधम पक्राउ पर्न थालेका छन्। जसमा चिनियाँ नागरिकहरूको संलग्नता खुलेको छ। बुधवार राति नेपालको राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्मकै सर्वाधिक सुन बरामद गरेको छ। विभागले बिहिवार सुनको परिमाण यकिन गरेर जानकारी दिने जनाएपनि झण्डै १०० केजी रहेको अनुमान छ।

हङकङबाट तस्करले सुन ल्याएका थिए। यसमा को को संलग्न छन् र सुन कस्ले मगाएको थियो भन्नेबारे अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले बताए। उनले हिन्दूस्तान समाचारसँग भने, ‘सुन तस्करीमा संलग्न भन्सार एजेन्ट पक्राउ परेका छन्, विस्तारै यथार्थ खुल्दै जान्छ।’ सुन ब्रेक सु मा लुकाएर ल्याइएको अधिकारीले बताए। सबै सुन निकालेर जोखेपनि परिणाम यकिन हुने उनको भनाई थियो। सुन नेपालको एक फमबाट मगाइएको र त्यो अनुसन्धानका क्रममा भएकाले खुलाउन नमिल्ने बताए। सुन तस्करीमा विदेशीको समेत संलग्नताबारे सोध्दा उनले भने, यो विस्तारै खुल्दै जानेछ।

नेपालमा पछिल्लो समय ठूलो परिमाणमा सुन तस्करी खुलिरहेको छ। २०२२ को डिसेम्बर २५ मा आधुनिक सिगरेट भेप मा लुकाएर ल्याइएको ठूलो परिमाणको सुन फेला परेको थियो। सुन तस्करीमा नेपालका पूर्वसभामुख कृष्णबहादुर महराको पनि नाम जोडिएको थियो। भेप मा सुन लुकाएर ल्याइएको घटनामा चिनियाँ नागरिक संलग्न भएको खुलेको थियो। जसमा माओवादी केन्द्रका नेता महराका छोरा राहुल महरामाथि अनुसन्धान बढाइएको छ।

भेप मा सुन लुकाएर ल्याइएको घटनामा चिनियाँ नागरिक लुई वाङ दाओजिङ संलग्न रहेको खुलेको छ। उनले भन्सारका कर्मचारीसँगको मिलेमतोमा सुन तस्करी गर्दै आएका थिए। भेप मा सुन लुकाएर ल्याइएको प्रकरण तस्करहरुले सुन चोरेपछि खुलेको थियो। यो प्रकरणमा पाँच जना पक्राउ गरी कारागार चलान गरिएका छन्। सुन चीनबाट ल्याएर भारतीय व्यापारीलाई बेचेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

नेपालमा पछिल्लो समय सुन तस्करीमा चिनियाँ नागरिकहरुको संलग्नता बढेको छ। उनीहरुले हङकङ र चीनका विभिन्न स्थानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारतसम्म पु¥याउने गरेका छन्।

About Author

Advertisement