बजरंग र विनेशलाई ट्रायलमा छूटपछि विवाद

IMG-20230720-WA0216.jpg

दिल्ली हाई कोर्टले माग्यो जवाफ

२० जुलाईः एशियन गेम्सको निम्ति पहलवान बजरंग पूनिया र विनेश फोगाटलाई ट्रायलमा छूट दिने मामिलामा लगातार विवाद बढ़िरहेको छ। अहिले मामिला कोर्टसम्म पुगिसकेको छ। पहलवान अन्तिम पंघाल र सुजीत कलकलले दिल्ली हाई कोर्टमा याचिका दायर गरी ट्रायलको माग गरेका थिए। यसको साथै उनीहरूले बजरंग र विनेशलाई छूट दिनु गलत रहेको बताएका थिए। यस याचिकामाथि सुनुवाई गर्दै दिल्ली हाई कोर्टले भारतीय कुश्ती महासंघ (डब्ल्यूएफआई)-सँत तुरन्त जवाफ मागेको छ अनि पूरा मामिलामा विस्तारपूर्वक सुनुवाईको दिन शुक्रवारको (२१ जुलाई) दिन तय गरिएको छ। दिल्ली उच्च न्यायालयले डब्ल्यूएफआई-लाई पहलवान बजरंग र विनेशलाई एशियन गेम्सको ट्रायलबाट छूट दिने आधार बताउनु भनेको छ। न्यायमूर्ति सुब्रमण्यम प्रसादले बजरंग र विनेशको सीधा प्रवेश विरुद्ध अण्डर-२० वर्ल्ड च्याम्पियन अन्तिम पंघाल र अण्डर-२३ एशियन च्याम्पियन सुजीतको याचिकामाथि सुनुवाई गर्दै कुश्ती महासंघलाई बिहीवार भित्र जवाफ दाखिल गर्ने निर्देश दिएको छ। अदालतले कुश्ती महासंघको वकीललाई बजरंग (६५ किग्रा) र विनेश (५३ किग्रा)-को असल खेलाड़ी बाहेक चयनको आधार के थियो भन्ने बताउनु भनेको छ।
उल्लेखनीय छ, भारतीय ओलम्पिक समितिको तदर्थ समितिले मंगलवार एशियन गेम्सको निम्ति बजरंग र विनेशलाई सीधा प्रवेश दिएको थियो जबकि अन्य पहलवानहरूले २२ र २३ जुलाईमा हुने चयन ट्रायलको माध्यमले भारतीय टीममा आफ्नो स्थान पक्का गर्नु पर्नेछ। अन्तिम र सुजीतले ट्रायलमा छूटको फसेलालाई चुनौती दिँदै एशियन गेम्सको निम्ति निष्पक्ष चयन प्रक्रियाको माग गरेका थिए।
यस साल १८ जनवरीको दिन भारतका ३० जना पहलवान डब्ल्यूएफआई-का पूर्व अध्यक्ष बृजभूषण शरण सिंह विरुद्ध धरनामा बसेका थिए। यी पहलवानहरूका अगुवाई बजरंग, विनेश र साक्षी मलिक जस्ता सीनियर पहलवानहरूले गरिरहेका थिए। पहलवानहरूले बृजभूषणमाथि महिला पहलवानहरूलाई यौन उत्पीड़नको शिकार बनाएको गम्भीर आरोप लगाउनको साथै उनलाई पक्राउ गरिनु पर्ने माग गरेका थिए। सरकारबाट आश्वासनपछि धरना समाप्त गरे पनि न्याय प्राप्त नहुँदा पहलवानहरू अप्रेलमा फेरि धरनामा बसेका थिए। यसले गर्दा पहलवानहरूका अभ्यास प्रभावित भयो अनि उनीहरूले केही प्रतियोगिताहरूबाट नाम पनि फिर्ता लिनु पऱ्यो। यस्तो स्थितिमा जुलाईमा एशियन गेम्सको निम्ति कुश्ती खेलको ट्रायलको तारिख तय गरिएक हुनाले धरनामा बसेका पहलवानहरूले त्यस मितिलाई पछि सार्ने (लगभग १० दिनपछि आयोजन गर्ने) अनुरोध गरेका थिए। त्यसपछि कुश्ती संघको सञ्चालन गरिरहेको ओईओए-को तदर्थ समितिले अनुरोध पत्र पाएपछि बजरंग र विनेशलाई ट्रायलबाट छूट दिएको थियो। यी दुईजनालाई एशियन गेम्सको टीममा सीधा स्थान दिइयो। रहल पहलवानहरूका निम्ति चाहिँ ट्रायलमा हिस्सा लिनु अनिवार्य गरियो। तदर्थ समितिको फसेलाले पहलवानहरूमा असन्तुष्टि सृष्टि भयो। अन्तिम पंघाल र विशाल कालीरमन जस्ता पहलवानहरूले यसमाथि विरोध जनाए अनि पछिबाट अमितले दिल्ली हाई कोर्टमा याचिका दायर गरी निष्पक्ष ट्रायलको माग गरे।

About Author

Advertisement