राज्यपाल गंगा प्रसादले गरे मुम्बईस्थितखारघरमा सिक्किम सुस्वास्थ्य भवनको शिलान्यास

मुम्बई। देशको आर्थिक राजधानी मुम्बईको नवी मुम्बईस्थित खारघरमा आज राज्यका राज्यपाल गंगा प्रसादले सिक्किम सुस्वास्थ्य भवनको शिलान्यास गरे। यस अवसरमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ, उनकी धर्मपत्नी कृष्ण राई, मन्त्रीमण्डलका सदस्यगण, नेतृत्वगण अनि अधिकारीहरूको विशेष उपस्थिति रहेको थियो।

शिलान्यास कार्यक्रमपछि राज्यपाल गंगा प्रसादले यहाँ निर्माण हुने सिक्किम सुस्वास्थ्य भवन सिक्किमवासीको निम्ति मन्दिरको प्रतीक रहने विचार पोखे। सिक्किमको संस्कृति झल्कने बताए। यस पहलको निम्ति उनले मुख्यमन्त्री प्रेमसिंह तामाङसँगै अन्य सबैलाई बधाई दिए। यस भवनबाट सिक्किमेली जनसमुदायलाई धेरै फाइदा पुग्ने उनले मन्तव्य व्यक्त गरे। यस्ता महत कार्यहरू जारी राख्न उनले सिक्किम सरकारप्रति आह्वान गरे। यो उपयोगी कार्य रहेको विचार पोख्दै राज्यपाल प्रसादले यहाँ नजिकै टाटा मेमोरियल अस्पताल रहेको जसमा राज्यका विरामीहरूको उपचारमा यो भवन उपयोगी साबित हुने बताए। यहाँ सिक्किम सुस्वास्थ्य भवनसँगै अन्य राज्यहरूको भवन पनि निर्माण हुने अवगत गराए। कसरी सिक्किम अझ अघि बढ्नेछ भन्नेबारे विचार पोख्दै विश्वमै सिक्किम एकमात्र जैविक राज्य रहेको बताए। भविष्यमा सिक्किमले अझै विकास गर्ने आशा व्यक्त गर्दै यसको निम्ति सबै राज्यवासीले सामूहिक जिम्मेवारी वहन गर्नुपर्ने आह्वान गरे। माता अनि मातृ भूमिका सेवा गर्नुपर्ने थप आह्वान गर्दै आजादी का अमृत महोत्सवमार्फत स्वाधीनता सेनानीहरूले आफ्नो माटो अनि मातृ भूमिकाको निम्ति दिएको अमूल्य योगदानबारे देशवासीअघि जानकारी गराउँदै कार्य गरिएको मन्तव्य पोखे।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमेली जनसमुदायले देशका मुख्य शहरहरूमा उपचार गराउनु जाँदा अभिभावकहरूको कमी महसुस नगरोस् भन्ने राज्य सरकारको सोंच रहेको बताए। यहाँदेखि केवल ५ किलोमीटरको दूरीमा एशियाकै प्रसिद्ध क्यान्सर अस्पताल रहेको छ। योसँगै यहाँका अन्य अस्पतालहरूमा उपचारको निम्ति आउने सिक्किमेली जनसमुदायको समस्यालाई ध्यानमा राख्दै सरकारले यो निर्णय लिएको मुख्यमन्त्री तामाङले जानकारी गराए। सिक्किम सुस्वास्थ्य भवन सिक्किमेली जनसमुदायको निम्ति समर्पित रहने कटिबद्धता व्यक्त गरे। देशको कुनै पनि क्षेत्रमा मुख्य रूपले स्वास्थ्यको क्षेत्रमा उपचार गराउन जाँदा सिक्किमेली जनसमुदायले अभिभावकविहीन रहेको महसुस नगरोस् भन्ने राज्य सरकारको उद्देश्य रहेको हुनाले भविष्यमा भेलोरमा पनि भूमि लिएर यस्तै भवन निर्माण गर्ने घोषणा गरे। १०० करोड़भन्दा अधिक धनराशिको मूल्य रहेको यो जमीन महाराष्ट्र सरकारले केवल १२ करोड़ रुपियाँमा सिक्किम सरकारलाई प्रदान गरेकोमा उनले महाराष्ट्र सरकारप्रति आभार प्रकट गरे।

About Author

Advertisement