गान्ताेक: भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले गँगटोकस्थित शासकीय निवास ‘लोक भवन’ को प्राङ्गणमा ध्वजारोहण गरेका छन्।
समारोहलाई सम्बोधन गर्दै राज्यपाल माथुरले देशको अखण्डता, सामाजिक समरसता र सद्भावप्रति सबै प्रतिबद्ध हुनुपर्नेमा जोड दिए। उनले सम्पूर्ण नागरिकहरूलाई ‘विकसित भारत’ निर्माणको यात्रामा सहयात्री बन्न आह्वान गर्दै स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गरेका छन्।










