रोजगार खोज्नु मात्र होइन रोजगार दिने बन्नुहोस्: विधायक सोनाम लामा

59bc8904-c0f1-4ee9-9361-1d7f624839b6

खरसाङ: आजको विशेष दिनमा स्वतन्त्रता सेनानीहरु र पहाडका क्रान्तिकारी स्वतन्त्रता सेनानीहरुलाई सम्झना गरिरहेका छौं। पहाडका गोर्खे स्वतन्त्रता सेनानीहरु जसले आफ्नो मातृभूमिको लागि बलिदान दिए। भारतीय गोर्खाहरुको त्याग र बलिदानले देश बनाएका छन् भनी खरसाङ विधायक सोनाम लामाले बताएका छन्। उनले खरसाङमा आयोजित ८०औं स्वतन्त्रता दिवस समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै उक्त कुरा बताएका छन्। उनले आफ्नो सम्बोधनमा हाम्रा पुर्खाहरुले देश रक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए भनी बताएका छन्। विधायक सोनाम लामाले कुनै हल्ला र राजनैतिक भ्रामकतामा नपरी कुनै भावनात्मक उत्तेजनाबाट होइन तर सामाजिक, राजनैतिक, आर्थिक, रुपमा सशक्त बनेर अघि बढ्नुपर्छ भनी आह्वान् गरेका छन्। उनले भने, फराकिलो सोच बनाउनु होस्, रोजगार खोज्नु मात्र होइन रोजगार दिने बन्नुहोस्। स्वरोजगार बन्नु होस्, प्रशासनिक रुपमा नेतृत्व दिएर आफ्नो ऊर्जाले समाजको विकास र स्वाभिमानलाई साथमा लिएर अघि बढ्नुपर्छ। प्रधानमन्त्री‌ नरेन्द्र मोदीको नेतृत्वमा विकसित भारत २०४७ लाई हामी अघि बढ्नुपर्छ।’
उनले अझ भने, ‘ पहिलाको सरकारले हाम्रो क्षेत्रलाई केवल घुमघाम गर्न र राजस्वको मात्र प्रयोग गरे तर यहाँको उपयोगिता सठीक रुपमा भएको थिएन। हामी चियाबारी श्रमिकहरुको हक र अधिकार दिलाउन काम गर्नेछौँ। हामी खोक्रो राजनीति मात्रै गर्दैनौं तर पहाडको सर्वाङ्गीण विकास र स्वच्छताको लागि काम गर्नेछौँ।’ विधायक सोनाम लामाले स्वतन्त्रता दिवस समारोहमा खट्ने सबैलाई धन्यवाद दिएका छन्‌। उनले अझ भने, ‘अबको बाटो स्पष्ट छ र संवैधानिक मान्यता र सामाधानको लागि काम गर्नेछौँ। हामी सबै मिलेर खरसाङलाई सशक्त र आत्म निर्भर गराएर विकसित गराउन काम गर्नुपर्छ।’
विधायक सोनाम लामाले स्वतन्त्रता दिवसको अवसरमा शनिवार कार्यक्रम आयोजना गरिएकोले सोमवार खरसाङका विद्यालयहरु विदा दिन घोषणा गरेका छन्।

About Author

Advertisement