चैकीमा बस्नेहरूले गर्न पर्ने काम अजय एडवार्डसले गर्दैछ!
चूनाव अधि रितो थाल बजाउँदै रैलीमा निकाल्यो, धरनामा बसायो तर चूनावपछि हाम्रो अवस्था बुझनसम्म आएको छेन: चिया श्रमिक

दार्जीलिङ: सरकारको चैकीमा बस्नेले गर्नु पर्ने काम अजय एडवार्डसले गर्दैछ भन्दै राँगेरूङ चिया बगानको श्रमिकहरूले एडवार्डसप्रति जनाए आभार।हाम्रो पार्टी अध्यक्ष एंव जीटीए सभासद अजय एडवार्डसले गत केही सप्ताह अधि बन्द चिया बगान हरूमा राहत समाग्री वितरण गर्ने,मेडिकल क्याम्प बसाउँने, नेत्र जाँच क्याम्प बसाउँने आदि जस्ता घोषणा गरेका थिए। वचनको पक्का अजय एडवार्डसले घोषणा गरेको केही दिनभित्र मा नै बन्द चिया बगानहरूमा राहत समाग्री वितरणको कार्य शुरू गरेको छ।

यसैक्रममा आज राँगेरूङ चिया बगानमा राहत समाग्री वितरण गरयो।यस अवधि हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङ लगायत केन्द्रीय नेतृत्वहरूको उपस्थिति रहेको थियो।राहत समाग्री लिन आएका स्थानीय श्रमिकहरूले पत्रकारहरूसंगको कुराकानीमा जीटीए सभाको चूनाव अधि हामीलाई रितो थाल ठोक्न लगाउँदै रैलीमा निकाल्यो अनि हामी पनि न्याय पाइन्छ की भन्ने आशाले रैलीमा अंश ग्रहण गरयौ। जिल्लापाल कार्यलय अधि धरना प्रदर्शन गर्न लगायो, त्यो पनि गरयौ यति मात्र होइन अनशनमा बस्न लगायो अनि हामी अनशनमा पनि बस्यौ तर हामीले न्याय पाएनौ भन्दै गुनासो पोख्यो। स्थानीय श्रमिकहरूले अझ भने जीटीए सभाको चूनावमा भोट पनि हाल्न लगायो अनि हामीले भोट पनि हाल्यौ तर जीटीए सभाको चैकीमा बस्नेहरू गर्नु पर्ने काम हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले गर्दैछ। जीटीए सभाको चूनावपछि हामी चिया श्रमिकहरूको अवस्था बुझन एक पल्ट पनि आएको छैन सत्ताको चैकीमा बस्नेहरू भन्दै स्थानीय श्रमिकहरूले दुखेसो पोख्यो। स्थानीय श्रमिकहरूले अधि भने जिल्लापाल कार्यलय अधि हामी धरना बस्दा, अनशनमा बस्दा, रितो थाल बजाउँदा हाम्रो आखाँबाट आशु झरेको थियो तर पाँच महिना विति सक्दा पनि हामीले न्याय पाएको छैनौ भन्दै स्थानीय श्रमिकहरूले गुनासो पोख्यो।

हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले एडवार्डस फाउण्डेशनको माफ्र्त बन्द चिया बगानहरूमा राहत समाग्रीहरू वितरण कार्यलाई जारी गरेको छ भने आगमी दिनहरूमा मेडिकल क्याम्प,नेत्र जाँच शिविर आदि जस्ता कार्यक्रमहरूको आयोजना पनि गर्ने भएको छ।हाम्रो पार्टी जनताको पार्टी रहेको बताउँदै पहाडमा जनताको राज ल्याउँन हाम्रो पार्टीको लक्ष्य रहेको पार्टी अध्यक्ष अजय एडवार्डसले बताउँदै आई रहेको छ।











