फीफा वर्ल्ड कपः खाजासँग खुशी छैनन् प्रशंसकहरू

IMG-20221122-WA0140.jpg

२२ नोभेम्बरः कतरमा जारी फीफा वर्ल्ड कप २०२२-को अवधि प्रशंसकहरू फ्यान भिलेजमा प्राप्त हुने खाजासँग खुशी छैनन्। प्रशंसकहरूले टेण्ट या शिपिंग कण्टेनरमा बस्नको निम्ति लगभग २०० पाउण्ड प्रति रात खर्च गर्नु परिरहेको छ। यसको साथमा त्यहाँ दिइने खाजासँग पनि उनीहरू खुशी छैनन्। प्रशंकहरूले पहिला नै तम्बु जस्तो केबिनलाई अधुरो भनिसकेका छन्। यसपाली भोजनलाई लिएर असन्तुष्टि सृष्टि हुँदा आयोजकहरू समस्यामा परेका छन्। केही दिन अघि अल्कोहलयुक्त बीयरमाथि कतर प्रबन्धनले प्रतिबन्ध लगाउँदा प्रशंसकहरूले खुलेर विरोध गरेका थिए। ब्रेकफास्ट बक्समा एउटा सेण्डविच, एउटा आइफल, एउटा आलु जस्तो देखिने मफिन र एउटा डोनट देखिएको छ। यस लञ्चबक्समा जूस, सानो पानीको बोतल र एउटा पेपर कपको साथमा इन्स्टेण्ट कफी पनि रहेको छ। यस खाजासँग प्रशंसकहरू खुशी छैनन्। यस तस्वीरलाई फेसबुक, ट्वीटर र रेडिटमा बारम्बार शेयर गरिएको छ। यसको साथमा एकजना प्रशंसकले खाजाबारे लेखेका छन्, के तपाईं इन्स्टेण्ट कफी पिउनु हुन्छ….। अन्य एकजनाले लेखेका छन्, नेस्केफे-को बजट कफी पाउच सबैभन्दा माथि छ। ईमानदारीपूर्वक भन्नु पर्दा योभन्दा राम्रो खाजा त मैले होस्टलमा हुन्छ। यसको तुलना बजट होटलमा हासिल हुने खाजासँग गर्न सकिन्छ।

About Author

Advertisement