रसियाको रिसोर्टमा ड्रोन आक्रमण: ३ बालबालिकासहित ७ जनाको मृत्यु, ४० घाइते

61ad4e6a-d259-47b3-965e-db28ac1a05ff

मस्को: दक्षिणी रसियाको प्रसिद्ध पर्यटकीय क्षेत्र क्रास्नोदारस्थित आर्खिपो-ओसिपोभ्का गाउँको भीडभाडयुक्त बीच (रिसोर्ट) मा ड्रोन खस्दा ३ बालबालिकासहित ७ जनाको मृत्यु भएको छ। घटनामा ४० जना घाइते भएको र १७ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको स्थानीय गभर्नर वेनियामिन कोन्द्रात्येभले पुष्टि गरेका छन्।
​स्थानीय अधिकारीहरूका अनुसार कालो सागर (Black Sea) किनारमा रहेको उक्त रिसोर्टमा पर्यटकहरू छुट्टी मनाइरहेका बेला यो दुर्घटना भएको हो। आक्रमणअघि कुनै चेतावनी सायरन नबजेको र गोलीबारीको आवाज सुनिएकाले एयर डिफेन्स वा सिग्नल जाम गर्ने प्रयासका कारण ड्रोन बीचमा खसेको अनुमान गरिएको छ। रसियाले यसलाई युक्रेनको जानीजानी गरिएको नागरिक लक्षित आक्रमण भनेको छ भने युक्रेनका तर्फबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन।

About Author

Advertisement