अमेरिकी आक्रमणको आशङ्का बिच इराक र कुवेत सीमातर्फ इरानी T-७२ ट्याङ्क तैनाथ

8cb60bd4-5183-4553-8edd-072d3d05c0e4

तेहरान:अमेरिका तथा इजरायलसँगको बढ्दो सैन्य तनावका बिच इरानले आफ्ना मुख्य युद्धक ट्याङ्क T-७२ लाई इराकी र कुवेती सीमा नजिकै तैनाथ गरेको छ। सम्भावित अमेरिकी भू-आक्रमणको आशङ्का गर्दै इरानी सेनाको ९२ औँ आर्मर्ड डिभिजनले दक्षिणी खुजेस्तान प्रान्तको अवाज-अबादान राजमार्ग हुँदै रणनीति रूपमा संवेदनशील अबादान क्षेत्रतर्फ ट्याङ्कहरू पठाएको हो।
​अबादान क्षेत्र इरानका लागि तेल रिफाइनरी, बन्दरगाह तथा रणनीतिक जलमार्गका कारण अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। इरानसँग हाल T-७२ मोडलका सयौँ ट्याङ्कहरू रहेका छन्। सीमित भू-आक्रमण हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै इरानले यो सैन्य तैनाथी बढाएको विश्लेषकहरूको भनाइ छ।

About Author

Advertisement