सोनादा: रंगमुक सिडर्स मुण्डा समष्टीको रंगमुक चियाबारीमा प्राथमिक स्वास्थ्य केन्द्र निर्माणको लागि शिलान्यास गरिएको छ। उक्त प्राथमिक स्वास्थ्य केन्द्रको शिलान्यास कार्य ग्राम पञ्चायत सदस्या अञ्चला रत्नाको बाहुलीबाट सम्पन्न गरिएको छ। रंगमुक चिया बगानमा प्राथमिक स्वास्थ्य केन्द्रको निर्माण लागत राशि लगभग ६० लाख रहेको जानकारी प्राप्त भएको छ। उक्त प्राथमिक स्वास्थ्य केन्द्रको शिलान्यास कार्यमा रंगमुक सिर्डस मुण्डा समष्टीको ट्रेड युनियन जोनल सभापति राजेश राई, सचिव बिनोद सुब्बा, श्रमिक संगठनका सभापति रोशन मुखिया, केन्द्र समिति सदस्य सन्तोष छेत्री आदि उपस्थित रहेका थिए।

उक्त प्राथमिक स्वास्थ्य केन्द्रको शिलान्यास कार्य विषयमा बोल्दै ट्रेड युनियनको सभापति रोशन मुखियाले रंगुमक सिडर्स चियाबारीको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाउनु ठूलै उपलब्धि हो भन्दै यसको लागि सम्पूर्ण ग्रामवासी र श्रमिकहरूको पक्षमा जीटीए चिफ् अनि अनित थापा, क्षेत्रीय सभासद एंव जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान साथै क्षेत्रीय र बुथ स्तरीय प्रतिनिधिहरू सबैप्रति आभार प्रकट गरेका छन्।








