मिरिक: मिरिक नगरपालिका वार्ड नम्बर तीन अप्पर थाना लाइनकाे सक्रिय गैर सरकारी संस्था गाउँ सुधार समितिले आज मिरिक महकुमा शासक कार्यालयदेखि कृष्णनगर स्ट्याण्डसम्म व्यापक सर सफाई अभियान चलायाे। आफ्नाे ठाउँलाई आफै सफा गराैं भन्ने नाराकाे साथमा गरिएकाे सफाई अभियानमा समितिका सम्पूर्ण सदस्यहरूकाे उपस्थिति रहेको थियाे। समितिका सदस्यहरूले मुख्य सडकमा पनि सफाई गरेका छन्। समितिका उमेश ताेलाङ्गीले नयाँ वर्षकाे दिन मिरिक पर्यटन केन्द्रमा धेरै पर्यटकहरू आउने गरेकाे अनि यहाँ आउने पर्यटकहरूले सफा वातावरणमा घुम्न सकाेस् भनेर पनि सफाई अभियान गरिएकाे बताएका छन्।









