गुजरात: नेपाली संस्कृति परिषद समितिको अन्तर्राष्ट्रिय सम्मेलन पछि यज्ञ हवन सम्पन्न

59226110-45bc-4e1e-ba09-3a09df42641f

कर्णावती (गुजरात): नेपाली संस्कृति परिषद समितिको अन्तर्राष्ट्रिय सम्मेलन गुजरातको कर्णावतीमा सफलताका साथ सम्पन्न भएपछि आर्य समाज मन्दिरमा यज्ञ हवन सम्पन्न गरियो। २४ दिसम्बरदेखि शुरू भएको यस सम्मेलन २६ दिसम्बरको दिन सम्पन्न भएको थियोl यसपछि जामनगरस्थित नौतनपूरी धाम दर्शन, त्यसपछि श्री द्वारिकाधीश अनि  वेटद्वारिकाधीश मन्दिर दर्शनपूजा पश्चात श्री सोमनाथ ज्योतिर्लिंग दर्शन, समुन्द्री तट परिदर्शन, स्टेच्यु आफ यूनिटी, एकता नगर, केवडीया भ्रमण सकेर प्रतिनिधिहरू हिजो कर्णावती पुगेl यस सम्मेलनको अन्तिम कार्यक्रम यज्ञ हवनका साथ सम्पन्न भयो।

गुजरातको भूमिमा सयौं नेपाली भाषीहरूद्वारा सामूहिक यज्ञ-हवन पहिलो पटक गरिएको हो। आर्य समाजको सहयोगमा आयोजित यस यज्ञका मुख्य जजमान परिषदका अन्तर्राष्ट्रिय कार्याध्यक्ष अशोक चौरसिया दम्पति थिए भने परिषदका विभिन्न राज्यका पदाधिकारीहरूले सबै प्रतिनिधिहरूका साथ आहूति दिए। वैदिक मन्त्रोचारणका साथ सम्पन्न यस यज्ञ-हवनमा सन् २०२४ सबैका लागि मंगलमय होस, विश्वमा फैलिएका नेपाली समाजको कल्याण साथै देश र सबै देशवासीहरूको मंगल समाज राष्ट्र र विश्वको कल्याणको कामनाका साथ हवन सम्पन्न गरियो। आर्य समाजका गुजरात महासचिव डा. कमलेश शास्त्री, मुख्य पुरोहित वेदबन्धु शास्त्रीले परिषदका पदाधिकारीहरूद्वारा गुजरातको भूमिमा सम्मेलन आयोजित गरि नेपाली समाजको महान संस्कृतिदेखि गुजरातीहरूलाई अवगत गराउने उत्तम पहल गरिएको बताए। गुजराती भाषा र नेपाली भाषामा पचास प्रतिशत समानता रहेको उल्लेख गर्दै सोमना देखि पशुपतिनाथसम्मको संस्कृति र परम्परामा एकात्मता छ भनि उपस्थित विद्वानहरूले विचार प्रकट गरे। नेपाली संस्कृति परिषद सिक्किमका महासचिव डिकेन्द्र पौड्यालले न्यानो सम्मान र माया प्रदर्शित गरेकोमा समस्त गुजराती समाज विषेश गरि स्वामीनारायण मन्दिर , त्याहाँका महन्त स्वामी भगवत्प्रियदासी महाराज र आर्य समाज प्रति आभार व्यक्त गरे।

About Author

Advertisement