सर्वभाषा कवि सम्मेलनमा नेपाली कवितालाई कवि कर्ण विरहले प्रतिनिधित्व गर्ने

IMG-20231231-WA0194.jpg

खरसाङ: प्रसार भारतीको आयोजनामा वार्षिक रूपमा सर्वभाषा कवि सम्मेलन हुने गर्दछ। भारतीय स्तरमा हुने यस कार्यक्रममा एक प्रतिष्ठित र विश्वकै एक विराट कार्यक्रम मानिन्छ भने २०१८ मा गिनिज बुक अफ् वर्ल्ड रेकर्डमा समेत सम्मिलित छ। उक्त कार्यक्रममा भारतको संविधानमा मान्यताप्राप्त २२ वटा भाषासँग अन्य दुईवटा भाषा गरेर २४ वटा भाषाहरूमा कविता वाचन गरिन्छ। विशेष गरेर त्रिस्तरीय चयन हुने यस सम्मेलनमा प्रादेशिक, राज्य र केन्द्र गरी तीन तहमा कविता छनौट भएपछि ती कविहरूले सर्वभाषा कवि सम्मेलनमा कविता वाचन गर्दछन्। नेपाली भाषामा अहिलेसम्म थुप्रै प्रतिष्ठित नेपाली कविहरूले कविता वाचन गरी सकेका छन् भने यसपाली कवि कर्ण विरह सर्वभाषा कवि सम्मेलनका लागि चयन भएका छन्। उनको कविता ‘बाऊ’ उक्त कार्यक्रमका लागि चयन भइसकेका आकाशवाणी खरसाङका कार्यक्रम प्रमुख पारसचन्द्र आलेद्वारा जानकारी गराइएको छ। ५ जनवरीका दिन हुने कार्यक्रम यस वर्ष राँचीमा हुने जानकारी प्राप्त भएको छ भने यस कार्यक्रममा वाचन गरिएको कवितालाई गणतन्त्र दिवसको पूर्व सन्ध्यामा सबै रेडियो स्टेसनहरूबाट प्रसार गरिन्छ। भारतका २४ वटै भाषामा अनुवाद गरी प्रसारण हुने यस कार्यक्रममा यसपालीका लागि कवि कर्ण विरह चयनित भएकोमा आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेले बधाई प्रकट टक्राएका छन्। कवि विरहका कवितालाई प्रतिष्ठित कवि प्रभात कुमारले अनुवादक कविका रूपमा वाचन गर्नेछन्। यस अवसरमा बोल्दै कनि कर्ण विरहले भने, मेरो निम्ति यो सुनौलो अवसर हो जसको माध्यमबाट लेखन सम्बन्धित धेरै कुराहरु सिक्ने अवसर पाउनेछु जसको निम्ति प्रसार भारतीप्रति आभारी रहनेछु।’
उनले अघि भने, ‘यस्तो कार्यक्रमले सबै भाषाको साहित्यको विकासबारेमा धेरै सिक्ने अवसर मिल्ने तथा जानकारी हुने सक्ने आशा छ।’
उल्लेखनीय छ सानै उमेरदेखि साहित्यमा लागि परेका कवि विरहको विद्यार्थी जीवनमै संयुक्त रूपमा सम्झना नाममा कविता संग्रह प्रकाशित भएको थियोे भने भारतेली नेपाली साहित्यमा पहिलो रुबाई संग्रह पनि उनले नै पाठक सामु ल्याएका थिए। शिक्षण पेशामा लागेका कवि विरहलेले आधा दर्जनभन्दा बेसी कविता, रुबाई तथा गजल संग्रहहरु पाठकसामु ल्याइसकेका छन् भने उनको मार्ग निर्देशनमा धेरै विद्यार्थीहरुले साहित्यप्रति झुकाउ देखाएका छन्। कवि कर्ण विरहले वर्ष २०१९ मा साहित्य अकादमी पुरस्कार पनि पाईसकेका छन्।

About Author

Advertisement