रंगबुलमा ओपन नक्आउट फूटबलः यूकेएफसी क्वार्टर फाइनलमा

रंगबुल फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले क्वार्टर फाइनलमा स्थान बनायो। रंगबुल खेल मैदानमा शनिवार भएको म्याचमा यूकेएफसी-ले जर्जियन एफसी-लाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट छोपेल तामाङ र राज राउतले गोल गरे। यसरी नै जर्जियन एफसी-बाट प्रवीण सुब्बाले १ गोल गरे। यूकेएफसी-का आकाश प्रधानलाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा २० वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल २४ र २७ जनवरीमा हुनेछ। यसरी नै फाइनल २९ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement