खरसाङ: वर्तमानमा पालन भइरहेको अरण्य सप्ताह अन्तर्गत समारोहगत वृक्ष रोपन साथै बिरूवा वितरण कार्यक्रम रंगटंगअन्तर्गत कोप्चे गाउँ क्षेत्रमा भव्य रूपमा सम्पन्न भयो। वन विभाग खरसाङ टेरिटोरियल रेन्ज गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अनि रंगटंग फरेस्ट प्रोटेक्शन कमिटिको संयुक्त तत्वावधानमा आयोजित यस कार्यक्रममा क्षेत्रवासी साथै स्थानीय विद्यार्थीहरूको व्यापक सहभागिता रहेको थियो।

वन विभाग खरसाङ टेरिटोरियल अनि सोसियल फरेस्ट्री खरसाङ रेञ्ज अफिसर लछुमन राईको अध्यक्षता अनि अगुवाईमा सम्पन्न यस कार्यक्रममा पलास, अर्जुन, कृष्णचुँड़ा, अमला, राजवृक्ष आदिका वृक्षका बिरूवाहरू रोपियो भने विभिन्न प्रजातिका वृक्षका बिरूवाहरू वितरण गरियो।











