हर्षवर्द्धन शृङ्गलाद्वारा एफएनडिसी टाेलीसँग भेटघाट

a4cfcbc9-3abc-40f6-961e-909ff87c15c4

भारत टेक्स २०२६’ का लागि शुभकामना

नयाँ दिल्ली: पूर्व विदेश सचिव र संसद सदस्य हर्षवर्द्धन शृङ्गलाले उत्तर-पूर्वी भारत फेसन र डिजाइन काउन्सिल (एफएनडिसी) की संस्थापक तथा अध्यक्ष सुश्री मेधा सैकिया र सचिव सुश्री मेघना राई मेधीसँग भेटघाट गर्नुभएको छ। सो भेटघाटका क्रममा उत्तर-पूर्वी क्षेत्रको समृद्ध कपडा सम्पदा, हातेबुना (ह्यान्डलुम) परम्परा र रचनात्मक उत्कृष्टतालाई प्रवर्द्धन गर्ने उपायहरूबारे छलफल भएको थियो।
​शृङ्गलाले भारत मण्डपममा आयोजना हुन गइरहेको भारतकै सबैभन्दा ठूलो विश्वव्यापी कपडा मेला ‘भारत टेक्स २०२६’ मा उत्तर-पूर्वी भारतको आधिकारिक प्रतिनिधित्व गर्न लागेकोमा एफएनडिसी टोलीलाई बधाई तथा शुभकामना दिनुभएको छ। यो मेलाले यस क्षेत्रका परम्परागत कपडा, स्वदेशी शिल्पकला र आधुनिक डिजाइनका आविष्कारहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नेछ।

About Author

Advertisement