फिफाले टीमहरूको संख्या बढ़ाउँदैमा भारतले वर्ल्ड कपमा खेल्ने ग्यारण्टी नरहेको भाइचुडको दावी

IMG-20260718-WA0117

नयाँ दिल्ली: भारतीय फूटबलका दिग्गज भाइचुङ भूटियाले फिफाले भविष्यमा पुरुष फूटबल वर्ल्ड कपमा टीमहरूको संख्या ४८ बाट बढ़ाएर ६४ गरे भारतको निम्ति वर्ल्ड कपमा स्थान बनाउने सम्भावनाहरू पहिलाभन्दा अधिक हुने बताए पनि केवल टीमहरूको संख्या बढ्दा भारतको क्वालीफिकेशन तय नहुने पनि स्पष्ट गरे। फिफा अध्यक्ष जियानी इन्फेण्टिनोले केही दिन अघि २०३० वर्ल्ड कपमा अंशग्रहणकारी टीमहरूको संख्या बढ़ाएर ६४ गरिने सम्भावना व्यक्त गरेका थिए। भाइचुङले एउटा साक्षात्कारमा भने, ४८-को स्थानमा ६४ वटा टीम भए भारतसँग वर्ल्ड कपसम्म पुग्ने असल अवसर हुनेछ तर केवल नियम परिवर्तन हुँदैमा सपना पूरा हुनेछैन। यसको निम्ति देशमा फूटबलको ढाँचामा सुधार, जमीनी स्तरमा खेलाड़ीहरूका विकास र धेरभन्दा धेर संख्यामा नानीहरूलाई फूटबलसँग जोड़नु जरूरी छ। भारतले पहिला नियमित रूपमा अण्डर-१७ र अण्डर-२० वर्ल्ड कपको निम्ति क्वालीफाई गर्ने लक्ष्य राख्नु पर्नेछ। उज्बेकिस्तान र मोरक्को जस्ता देशहरूले यस मोडलमा काम गरेको छ अनि आज सफलता हासिल गरेको छ। भाइचुङले भारतीय मूलका विदेशी खेलाड़ीहरू अर्थात, ओसीआई (ओवरसीज सिटिजन अफ इण्डिया) र पीआईओ (पर्सन अफ इण्डियन ओरिजिन) खेलाड़ीहरूलाई भारतको राष्ट्रिय टीममा सामेल गर्ने विचारलाई पनि समर्थन गरे। यसले भारतीय फूटबललाई मजबूती प्राप्त हुनसक्ने उनले मत व्यक्त गरे।

About Author

Advertisement