यो जीत सम्पूर्ण जनताको जीत हो: सांसद राजु विष्ट

IMG-20260504-WA0081

खरसाङ: दार्जीलिङका सांसद राजु विष्टले पहाड लगायत तराईमा जीतपछि खरसाङमा पत्रकारहरुलाई सम्बोधन गर्दै यो जीतलाई सम्पूर्ण गोर्खाहरूको जीत हो भनी बताएका छन्। उनले आफुहरू अघिबाट नै पहाड़का तीनैवटा आशनमा विजयी हासिल गर्ने कुरामा निश्चित रहेको बताउँदै पश्चिम बङ्‌गाल राज्यमा एकसय अस्सीभन्दा अधिक सीट लिएर भाजपाले सरकार गठन गरेको बताए। उनले राज्यवासी अनि सम्पूर्ण पहाडवासीलाई जीतको निम्ति बधाई दिंदै यसको श्रेय भाजपाका सम्पूर्ण समर्थक लगायत पार्टीको सहयोगी दलहरू तथा गोर्खा जातिलाई जाने बताए। तिनले फेरि पनि एकपल्ट पहाडमा गोर्खा जातिको विजयी भएको जनाउँदै यो हार भ्रष्टचार र कमिशनखोरीको हार हो भनी बताए। बिष्टले भने, पश्चिम बङ्गालमा जनताले दुःख भोगिरहेका थिए अब त्यसको अन्त्य भएको छ र नयाँ भाजपा सरकारले अब त्यसको निवारण गर्नेछ भनी दाबी गरे। उनले राज्यमा भाजपालाई स्थापित गर्न जसले पनि आफ्नो प्राणको आहुति दिए, यो जीत ती सम्पूर्ण शहीद अनि उनीहरुलाई परिवारलाई दिन्छु भन्दै उनै शहीदहरूको त्याग र समर्पणले पनि यो जीत भएको जनाए। चुनाउअघि भाजपाले राज्य अनि पहाड़वासीप्रति गरेको वाचाहरू अब पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै विष्टले यदि जनताले चाहे भने अहिलेनै गएर जीटीएमा ताला लगाउने चेताउनी पनि दिए। वो जीटीएलाई खारेज गर्नुपर्छ भनेर जनताले भाजपालाई भोट दिएको उनले स्पष्ट पारे। विष्टले सबैलाई शान्ति अनि भाइचारा राखिदिने आग्रह गर्दै कसैले पनि यस अवधि कुनै प्रकारको अशान्ति नगरीदिने निवेदन पनि गरेका छन्।

About Author

Advertisement