खरसाङ: बंगाल विधानसभा चुनाव २०२६ मा पहाडको तीनवटा सिटहरु नै भारतीय जनता पार्टीको पक्षमा गएको छ। यसपाली बंगालमा जस्तै पहाडमा पनि जनताले परिवर्तनलाई रोजेका छन्। बंगालमा भाजपाले पूर्ण बहुमत प्राप्त गरेका छन् भने उत्तर बङ्गाल त झन पूरै भगवा रंगमा परिवर्तन भएको छ। दार्जिलिङ विधानसभा समष्टिको भारतीय जनता पार्टीको उम्मेद्वार नोमन राई बिजय भएका छन् भने कालेबुङमा पनि भाजपा उम्मेदवार भरत छेत्रीले सजिलै जीत हाँसिल गरेका छन् त्यसरी नै खरसाङमा पनि भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामाले जीत हाँसिल गरेका छन्। दार्जिलिङ विधानसभा समष्टिमा भारतीय जनता पार्टीको उम्मेद्वार नोमन राईले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार बिजयकुमार राईलाई ६०५७ भोटले जितेर निर्वाचित भएका छन्। त्यसरी नै
कालेबुङ विधानसभा समष्टिबाट भारतीय जनता पार्टीको उम्मेद्वार भरत छेत्रीले जम्मा ८४२९० भोट पाएका छन् भने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार रुदेन सादा लेप्चालाई २१४६४ भोटको मतले पराजित गरेर निर्वाचित भएका छन्। यस्तै खरसाङमा सोनाम लामाले आफ्नो निकटतम प्रतिद्वन्द्वी अमर लामालाई १७००७ भोटले पराजित गर्दै खरसाङका विधायक निर्वाचित भएका छन्। यसपाली पहाडका तीनवटा विधानसभा सिटहरु दार्जिलिङ, खरसाङ र कालेबुङ नै भारतीय जनता पार्टीले जितेको छ। यसको साथै बंगालमा पनि भारतीय जनता पार्टीको सरकार बनिएको छ। यसपाली पहिलोपटक पहाडमा र बंगालमा एकसाथ एउटै पार्टीले जितेको छ। बंगालको हावा पहाडले पनि बुझेर एकसाथ अघि बढ्ने जनताले निर्णय गरेको छ। बंगालमा डबल इञ्जिनको सरकार बनिने भएको छ भने पहाडमा पनि त्यस्तै हावाको बहावमा अघि बढ्ने भएको छ।









