बंगालमा डबल इञ्जिनको सरकार आएको छ र अब पहाडको दीर्घकालीन समस्या समाधान हुनेछ: निरज जिम्बा

IMG-20260504-WA0080

खरसाङ: पहाड र बंगालमा नै भारतीय जनता पार्टीको जीतपछि भाजपाको पूर्व विधायक निरज जिम्बाले खरसाङमा पत्रकारहरुलाई सम्बोधन गर्दै यो खुशीको कुरा हो कि बंगालमा पनि परिवर्तन भएको छ भनी बताएका छन्। उनले भने, हामीले कमल फुलाएको हो। अब बंगालमा डबल इञ्जिनको सरकार आएको छ। पहाडको दीर्घकालीन समस्या समाधान हुनेछ। न्याय पाउनेछ।’ उनले अघि भने, हार्नेहरु दु:ख नमान्नु अनि जित्नेहरुले पनि बेसी खुशी नमनाउनु। हारजीत त हुन्छ नै तर हामी सबै मिलेर काम गर्नुपर्छ‌‌। हामी सबै एक हौं।’ निरज जिम्बाले अझ भने, अब एउटा संवैधानिक व्यवस्था ल्याउनुपर्छ‌। वाधा दिने र विरोध गर्ने होइन तर टेबलमा बसेर वार्ता गर्नुपर्छ। अब गोर्खाहरुको भाग्यमा श्री लेखिएको छ।’

About Author

Advertisement