२४ जुलाईः बालासन युथ क्लब (१५ लाइन, धोतरिया बालासन, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दोस्रो राउण्डको अन्तिम म्याच खेलियो। धोतरिया बालासन स्कूल खेल मैदानमा भएको म्याचमा अप्पर धोतरिया स्पोर्टिंग क्लब (यूडीएससी)-ले सोनादा युनाइटेडलाई ३-१-ले पराजित गऱ्यो। यस सेभेन ए साइड टुर्नामेण्टको फाइनल २० अगस्तमा खेलिनेछ। च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी बालासन युथ क्लबका सचिव निहाल राईले जनाएका छन्।









