२४ जुलाईः नेहुरे बालासन युनाइटेड क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार तीनवटा म्याच भयो। बालासन खेल मैदानमा भएको पहिलो म्याचमा सिपाहीधुरा गुरु सेभेनले मुण्डा डीवाईएससी-लाई पेनल्टी शूटआउटमा ४-०-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा सोनादा भेटरन्स बी टीमले सागर सेभेन बालासनलाई पेनल्टी शूटआउटमा ७-६-ले पराजित गऱ्यो। दिनको तेस्रो तथा अन्तिम म्याचमा सोनादा भेटरन्स ए टीमले सुबारबस्ती युथ क्लबलाई ४-२-ले पराजित गऱ्यो। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। केही कारणवश टुर्नामेण्टको फाइनलको मिति पछि सारिएको अनि नयाँ मितिको घोषणा चाँड़ै गरिने आयोजक समितिले जनाएको छ।










