पाण्डाम जूनियर र सिंहमारी लायन्स क्लब विजयी

photocollage_2023724114150161.jpg

२४ जुलाईः अप्पर सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दुईवटा म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा भएको पहिलो म्याचमा पाण्डाम जूनियरले बिजनबारीलाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट क्रिस गुरुङले ह्याट्रिक गरे। यसरी बिजनबारीको टीमबाट सुमिरन राईले २ गोल गरे। यसरी दोस्रो म्याचमा सिंहमारी लायन्स क्लबले महाकाली चटेंग दार्जीलिङलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट ग्रेगोरी छेत्रीले २ अनि पुष्कर प्रधानले १ गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement