२४ जुलाईः च्याँगा बस्ती युथ क्लबको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टमा सेण्ट्रल बस्तीले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। आइतवार च्याँगा दुर्गा मन्दिर मैदानमा खेलिएको म्याचमा सेण्ट्रल बस्तीले रकमजोत फूटबल क्लबलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट आदित्य सुब्बाले २४औं, अनिशले २७औं र रजत सुब्बाले ४५औं मिनटमा गोल गरे। सोमवार खेलिने पहिलो राउण्डको अन्तिम म्याचमा ईष्ट च्याँगा र ग्रिमिट लाइन पानीघट्टाबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। आयोजक समितिका कोषाध्यक्ष ग्याल्छेन तामाङले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










