खरसाङ: तीनधारेका युकास प्रधानले ईण्डियन गोर्खा जनशक्ति फ्रण्टबाट राजीनामा दिएका छन्। उनी ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय सदस्य रहेका थिए। उनले नै तीनधारे क्षेत्रमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टलाई फैलाएर लगेका थिए भने तीनधारे क्षेत्रमा पार्टीलाई सम्हालेर पनि राखेको बताइन्छ। युकास प्रधान ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको संस्थापक सदस्यहरुमध्ये एक रहेका थिए। तर उनले हालमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय सदस्यको पदबाट राजीनामा दिएका छन्। आफ्नोे राजीनामा विषयमा सोधिएको प्रश्नको उत्तर दिन्दै युकास प्रधानले आफु ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय सदस्य साथै संस्थापक सदस्यहरुमध्ये एक रहेको बताएका छन्। उनले आफुले नै तीनधारे क्षेत्रमा पार्टीलाई सम्हालेर अघि बढाएको तर अब आफुले राजीनामा दिएको बताएका छन्। ईण्डियन गोर्खा जनशक्ति फ्रण्टबाट राजीनामा दिएपछि आफु कुनै राजनैतिक दलसित आबध्द नहुने र कुनै राजनैतिक दलमा नजाने पनि बताएका छन्। तर उनले आफ्नो गोर्खा जातिको भलो, हित चाहाने साथै जाति र माटोको लागि मरिमेट्ने कुनै पनि संघ संस्थाहरु र राजनीतिक पार्टीमा बसेर काम गर्ने इच्छा रहेको तर यसबाहेक केबल आश्वासन र झुटको राजनीति गर्नेसित नबस्ने बताएका छन्। तर आफु सदैव जातीय हित र माटोको लागि भने काम गर्न तयार रहेको बताएका छन्।










