तीनधारे चिया बगानमा गोरामुमोको विशेष संगठनात्मक सभा सम्पन्न

IMG-20260706-WA0107

खरसाङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा तीनधारे महानदी समष्टि अन्तर्गत तीनधारे चिया बगान प्राथमिक पाठशाला भवनमा एक विशेष जरुरी संगठनात्मक सभा सम्पन्न भएको छ। समष्टि अन्तर्गत गोर्खा राष्ट्रिय युवा मोर्चाका सभापति संग्राम घतानेको अध्यक्षतामा सम्पन्न उक्त सभाले संगठन विस्तार तथा पार्टी सुदृढीकरणतर्फ महत्वपूर्ण निर्णयहरू गरेको छ।
सभामा समष्टिका अध्यक्ष जेबी गुरुङ, उपसभापति विजय मङ्गल, ब्राञ्च सदस्य दिपेन गुरुङ, तीनधारे बजार शाखा सभापति रमन थापा, मिडिया सेल सदस्य सुमन गुरुङ, गोर्खा राष्ट्रिय नारी संगठन (गोरानासं) समष्टि सभानेत्री श्रीमती शिला प्रधान, अरुणा गुरुङ, अन्जना प्रधान लगायत पार्टीका पदाधिकारी तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभाको मुख्य आकर्षणका रूपमा ३० घर परिवारहरु विभिन्न राजनीतिक दल तथा सामाजिक पृष्ठभूमिबाट गोरामुमोमा प्रवेश गरेका छन् भने 15 घरपरिवारले आफ्नै घरवापसी गर्दै पुनः पार्टीमा आबद्ध भएका छन्। नवप्रवेशी तथा घरवापसी गर्ने सम्पूर्ण सदस्यहरूलाई पार्टीको परम्पराअनुसार खादा ओढाई हार्दिक स्वागत गरिएको थियो। सभाको सञ्चालन समष्टि उपसभापति विजय मगरले गरेका थिए भने स्वागत मन्तव्य समष्टिका अध्यक्ष जेबी गुरुङले राखेका थिए। उनले संगठनलाई गाउँ–गाउँसम्म विस्तार गर्दै पार्टीलाई अझ सशक्त बनाउने अभियानमा सबैलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेका थिए। सभाले तीनधारे चिया बगानमा पार्टी संगठनलाई थप मजबुत बनाउने उद्देश्यका साथ २५ सदस्यीय तीनधारे चिया बगान शाखा समिति सर्वसम्मतिले गठन गरेको छ।
नवनिर्वाचित पदाधिकारीहरूमा
अध्यक्ष संग्राम घताने, उप सभापति बिदान तामाङ र रेसप तामाङ, सचिव मिलन राई, सहसचिव इसमाल नाक कोषाध्यक्ष विजय पाहन,
प्रमुख सल्लाहकारहरू सन्जीव गुरुङ, सपन राई, विशाल तामाङ र सन्जय तामाङ।
सल्लाहकारहरूमा आशीष राई, सुदर्शन तामाङ, विकास प्रधान, उमेश परिवार तथा पूर्णा तामाङ लगायत अन्य १० जना सदस्यलाई समेटेर २५ सदस्यीय शाखा समिति पूर्ण गरिएको छ।
सभाको अन्त्यमा अध्यक्ष संग्राम घतानेले नवनिर्वाचित शाखा समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पार्टीको अनुशासन, एकता र समर्पणलाई सर्वोपरि राखेर जनताको सेवामा समर्पित हुन आग्रह गरे। उनले पार्टी अध्यक्ष मन घिसिङको नेतृत्वलाई अझ सुदृढ बनाउन सबै कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उपस्थित सम्पूर्ण सदस्यहरूप्रति धन्यवाद ज्ञापन गरेका‌ थिए।

About Author

Advertisement