ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको खरसाङ महकुमा समितिको सम्पन्न

IMG-20260706-WA0106

खरसाङ: ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको खरसाङ महकुमा समितिको सभा खरसाङस्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ। उक्त सभा खरसाङ महकुमा समिति अन्तर्गत पर्ने ९ वटा समष्टिहरुका प्रतिनिधिहरुलाई लिएर सम्पन्न भएको छ। उक्त सभा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको नव गठित खरसाङ महकुमा समितिको पदाधिकारीहरुलाई केन्द्रीय समितिको तर्फबाट नियुक्त पत्र प्रदान गरिएको छ। यसै सभामा रिलिफ कमिटी पनि गठन गरिएको छ। यस रिलिफ कमिटीमा सभापतिको रुपमा दिपराज रसाईली चयन भएका छन्। यस कमिटीमा विभिन्न समष्टिहरुको लागि पनि पदाधिकारीहरु चयन गरिएका छन्। ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको खरसाङ महकुमा समितिको नवगठित समितिमा सभापति दया देवान, कार्यकारी सभापति मन्दीप लामा, महासचिव अनुजा राई, सह सचिवद्वय देवगन राई र राजु राई, कोषाध्यक्ष सोनाम वाङ्चुक, प्रचार प्रसार सचिव पवनदीप थापा, अभिनन्दन रावत, कानुनी सल्लाहकार पवनदीप थापा, मुख्य सल्लाहकार नर्बु छिरिङ भोटिया, सल्लाहकार एनबी खवास र मदन तामाङ लगायत ११ जनाको कार्यकारी सदस्यहरू चयन भएका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको खरसाङ महकुमा समितिको सभापति दया देवानले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement