म्याच जिताउने शतकको साथमा एकाधिक रेकर्ड बनाए फिन एलनले

IMG-20260509-WA0062

नयाँ दिल्ली: काेलकत्ता नाइट राइडर्स (केकेआर)-का ओपनिंग ब्याटर फिन एलनले दिल्ली क्यापिटल्सविरुद्ध आईपीएल २०२६-को म्याचमा असाधारण ब्याटिंग गरे। इम्प्याक्ट प्लेयरको रूपमा खेल्दै एलनले ४७ बलमा १० वटा छक्का र ५ वटा चौकाको सहायताले अविजित १०० रन बनाएर केकेआर-लाई ८ विकेटले जीत दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। यस शतकीय ईनिंग्सको साथ एलनले केही रेकर्डहरू पनि बनाए। एलन एउटा क्यालेण्डर वर्षमा ३ वटा टी२० शतक बनाउने न्यूजील्याण्डका पहिलो क्रिकेटर बनेका छन्। उनले यस साल बीबीएल-मा पर्थ स्कोर्चर्सबाट खेल्दै अविजित १०१ रन बनाएका थिए। त्यसपछि उनले टी२० वर्ल्ड कपमा पनि अविजित १०० रन बनाएका थिए। यसपाली आईपीएलमा पनि उनले आफ्नो पहिलो शतकीय ईनिंग्स खेले। एलन आईपीएलमा शतक बनाउने न्यूजील्याण्डका दोस्रो क्रिकेटर बनेका छन्। यसअघि दिग्गज विकेटकीपर ब्याटर ब्रेण्डन म्याककुलमले २ वटा अलग फ्रेञ्चाइजीबाट खेल्दै शतक बनाएका थिए। उनले केकेआर र चेन्नई सुपर किंग्सबाट १-१ वटा शतक बनाएका थिए। यसरी एलन केकेआर-बाट आईपीएलमा शतक बनाउने केवल चौथो क्रिकेटर बनेका छन्। यस फ्रेञ्चाइजीको निम्ति अहिलेसम्म म्याककुलम, भेंकटेश अय्यर, सुनिल नारेन र एलेनले मात्र शतक बनाएका छन्। म्याककुलमले २००८-मा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-विरुद्ध अविजित १५८, भेंकटेशले २०२३-मा मुम्बई इण्डियन्सविरुद्ध १०४ र नारेनले २०२४-मा राजस्थान रोयल्सविरुद्ध १०९ रन बनाएका थिए। आईपीएलमा सर्वाधिक १९ वटा शतकीय ईनिंग्स दर्ता गर्ने फ्रेञ्चाइजी आरसीबी हो। यसरी एलन एउटा आईपीएल ईनिंग्समा केकेआर-को निम्ति तेस्रो सर्वाधिक छक्का लगाउने ब्याटर बनेका छन्। म्याककुलमले २००८-मा आरसीबीविरुद्ध १३ वटा अनि आन्द्रे रसेलले २०१८-मा चेन्नई सुपर किंग्सविरुद्ध ११ वटा छक्का लगाएका थिए।

About Author

Advertisement