नेमारले फिफा विश्व कपमा खेल्ने आशा व्यक्त गरे मेस्सीले

IMG-20260509-WA0061

ब्यूनस आयर्स: अर्जेण्टिनाका दिग्गज फूटबलर लियोनल मेस्सीको भनाइअनुसार, ब्राजीलका स्टार फूटबलर नेमार अहिले पनि यस खेलका सर्वश्रेष्ठ खेलाड़ीहरूमा एक हुन्। यसको साथमा मेस्सीले आउँदो फिफा वर्ल्ड कपमा नेमारले खेल्ने आशा व्यक्त गरे। उल्लेखनीय छ, मेस्सी र नेमारले लामो समयसम्म बार्सिलोना र पेरिस सेण्ट जर्मेन (पीएसजी)-बाट एकसाथ खेलेका थिए। मेस्सीले एउटा कार्यक्रममा भने, वर्ल्ड कपमा सबैभन्दा असल खेलाड़ीहरू रहोस् भन्ने हामी सबै चाहन्छौं अनि अहिले फर्म जे-जस्तै रहे पनि नेमार सदा सर्वश्रेष्ठ खेलाड़ीहरूमा सामेल रहनेछन्। ब्राजील र फूटबल खेलको निम्ति उनको धेरै महत्त्व रहेको छ। यसैकारण उनलाई वर्ल्ड कपमा देख्नु सुखद अनुभव हुनेछ। म केही कुराहरूलाई लिएर निष्पक्ष रहन सक्दिन। यसैकारण म नेमारलाई वर्ल्ड कपमा देख्न चाहन्छु। मेस्सीले बताएअनुसार, उनीहरूबीच मित्रताले गर्दा उनको निम्ति निष्पक्ष रहनु मुश्किल छ। मेस्सीले भने, हामी दुईजना लामो समयदेखि असल मित्र हौं। यसैकारण केही कुराहरूमा म निष्पक्ष रहन सक्दिन। नेमार मेरो असल मित्र हुन्। उनी असल व्यक्ति हुन् अनि मेरो विचारमा वर्ल्ड कपमा खेल्ने योग्य छनन्। उनमा अहिले पनि म्याचको रंग बदलिने क्षमता छ अनि उनले देखावटी काम गर्दैनन्। उनी आफ्नो जीवन पनि त्यसरी नै जिउँछन्, नतीजाको पर्वाह नगरी। यही उनको खुबी हो। आठपल्टका बेलोन डी’ओर विजेताले अर्जेण्टिनाको निम्ति यसपाली वर्ल्ड कप खिताब बचाउनु मुश्किल काम हुने पनि स्वीकार गरे। उनले स्पेन, फ्रान्स र ब्राजीललाई खिताब जित्ने प्रबल दावेदार बताए। मेस्सीले भने, वर्ल्ड कप सदा मुश्किल मामिला हुने हामी सबैलाई थाहा छ कारण यसमा सामेल टीमहरू शक्तिशाली हुन्छ। हामीले अन्य अर्जेण्टिनाईहरूले जस्तै आशा राख्नु पर्नेछ। यसबाहेक कोपा अमेरिका या वर्ल्ड कप जस्तो कुनै आधिकारिक प्रतियोगिता हुँदा हाम्रो साथमा अन्य टीमहरू पनि दावेदार रहने कुरालाई स्वीकार गर्नु पर्छ। नेमार र मेस्सी २०१३-देखि २०१७-सम्म बार्सिलोनाबाट साथमा खेलेका थिए। त्यसपछि २०२१-देखि २०२३-सम्म पेरिस सेण्ट जर्मेनमा पनि साथ रहेका थिए। वाल्यकालको क्लब सेण्टोसमा फर्किएपछि नेमारलाई लगातार चोटले सताएको छ। उनले यस साल केवल १२ वटा म्याच खेलेका छन्। उनले २०२५-मा २८ वटा म्याच खेलेका थिए। ब्राजीलकको निम्ति अहिलेसम्म सर्वाधिक गोल गर्ने नेमारले अक्टोबर २०२३ पछि राष्ट्रिय टीमबाट खेलेका छैनन्। उरुग्वेविरुद्ध वर्ल्ड कप क्वालीफायर म्याचको अवधि एण्टीरियल क्रूसिएट लिगामेण्टमा चोट लागेपछि उनी राष्ट्रिय टीमबाट बाहिर रहेका छन्।

About Author

Advertisement