ब्रूनो फर्नाण्डेज र खादिजा शा सालका सर्वश्रेष्ठ फूटबलर

IMG-20260509-WA0059

लण्डन: ब्रूनो फर्नाण्डेज र खादिजा शा-लाई ईंग्ल्याण्डमा खेलिरहेका सालका सर्वश्रेष्ठ फूटबलरको सम्मान प्राप्त भएको छ। फूटबल राइटर्स एसोसिएशन (एफडब्ल्यूए)-को तर्फबाट दिइने यस प्रतिष्ठित पुरस्कारमा ब्रूनोले पुरुष वर्गको खिताब जितेका छन्। यसरी `बनी’ शा-ले महिला वर्गमा लगातार दोस्रो साल यस पुरस्कारलाई जितेकी छन्। म्यानचेष्टर युनाइटेडका कप्तान ब्रूनो फर्नाण्डेजले यस सीजनमा टीमको निम्ति असाधारण प्रदर्शन गरेका छन्। पोर्तुगलका यस स्टार मीडफिल्डरले यस पूरा सीजनमा १९ वटा गोलमा योगदान दिनको साथै टीमलाई मुश्किल परिस्थितिहरूबाट बाहिर निकाल्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। ब्रूनोको कप्तानी र निरन्तर असल प्रदर्शनले गर्दा म्यानचेष्टर युनाइटेडले यूरोपेली प्रतियोगिताहरूमा स्थान बनाउने सम्भावनाहरूलाई कायम राखेको छ। क्लबको खराब समयमा पनि ब्रूनो टीमका सबैभन्दा निर्भरयोग्य खेलाड़ी बनेर अघि आएका छन्। ब्रूनोले पुरस्कार जित्ने रेसमा डेक्लान राइस र एर्लिंग हालाण्ड जस्ता स्टार फूटबलरहरूलाई पछि छोड़े। उनलाई फूटबल राइटर्स एसोसिएशनका ९०० भन्दा अधिक सदस्यहरूमा ४५ प्रतिशत भोट प्राप्त भयो। ब्रूनो २०१०-मा वेयन रूनीपछि यस सम्मानलाई हासिल गर्ने म्यानचेष्टर युनाइटेडका पहिलो खेलाड़ी बनेका छन्। यो पुरस्कार १९४७-देखि दिइँदैछ अनि यसलाई विश्वको सबैभन्दा पुरानो व्यक्तिगत फूटबल पुरस्कार मानिन्छ। महिला वर्गमा खादिजा शा-ले लगातार दोस्रो साल यो पुरस्कार जितेर इतिहास रचिन्। म्यानचेष्टर सिटी महिला टीमकी यस स्ट्राईकरले यस सीजनमा २१ वटा म्याचमा १९ गोल गरिन् अनि टीमलाई १० सालपछि महिला सुपर लीगको खिताब दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिन्। शा-ले यस पुरस्कारको रेसमा एलेसिया रुस्सो र लरेन जेम्सलाई पछि छोड़िन्। निरन्तर असल फर्मले उनलाई महिला फूटबलको सबैभन्दा घातक स्ट्राईकरहरूमा सामेल गरेको छ।

About Author

Advertisement