सिलगढी: उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालबाट मोटरसाइकल चोरी गरेको आरोपमा मेडिकल पोस्ट पुलिसले एक जनालाई पक्राउ गरेको छ। आरोपीको नाम चन्दन ग्वाला (५०) हो। उनी सिलगढी निवासी भएको बताइएको छ। प्राप्त जानकारी अनुसार शनिबार चन्दन ग्वाला उत्तरबङ मेडिकल कलेज तथा अस्पतालको आकस्मिक विभागको गेट अगाडिबाट मोटरसाइकल चोरेर फरार भएका थिए। घटनापछि मोटरसाइकल मालिकले मेडिकल पोष्टमा लिखित उजुरी दिएका थिए। उजुरीका आधारमा अनुसन्धानमा जुटेको पुलिसले सीसीटीभीको सहयोगमा मोटरसाइकल चोरको पहिचान गरेको थियो ।गोप्य स्रोतका आधारमा मेडिकल पोस्ट पुलिसले शनिबार राति शिवमन्दिर इलाकाबाट चन्दन ग्वालालाई पक्राउ गरेको हो। आरोपीलाई आज सिलगढी अदालतमा पेश गरिएको छ।











