एनजेपीको रजहोलीमा एक वृद्धको मृत्युपछि तनाव

Chhetriya-Samachar-1

सिलगढी: एनजेपी पुलिस थाना अन्तर्गत रजहोलीमा एक वृद्धको मृत्यु भएको घटनालाई लिएर तनावको वातावरण बनेको छ। आज मृतक बृद्ध एमडी जोहरीको लाश पोष्टमार्टमपछि घर पुगेको छ। त्यसपछि परिवारका सदस्यले अन्तिम संस्कारका लागि लाश लिएर गए ।सो अवधिमा वृद्धको हत्या गर्ने अभियुक्तको घरमा तोडफोड भएको आरोप छ। जसका कारण क्षेत्रमा चर्को सनसनी फैलिएको छ। त्यसपछि एनजेपी थानाको पुलिस र आरएएफ टोली घटनास्थलमा पुगेर स्थिति सामान्य बनाउन केहीलाई नियन्त्रणमा लिएको थियो। उक्त क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न ठूलो संख्यामा पुलिस परिचालन गरिएको छ।

About Author

Advertisement