लङ्भ्यु चियाबारीमा श्रमिकहरू विगत २७ दिनदेखि लगातार रिले अनशनमा

IMG-20241103-WA0197

भाइ टिकाको दिन पनि श्रमिकहरू अनशनमा

खरसाङ: लङभ्यु चियाबारीमा श्रमिकहरुद्वारा बसिएको क्रमिक अनशनको आज २७ दिन पुगेको छ। अनशनको २७औं दिन तिहारको भाइ टिका परे पनि श्रमिकहरू क्रमिक अनशनमा बसेका थिए। आज भाई टीकाको दिन यहाँका श्रमिकहरु आफ्नो हक र अधिकारको निम्ति अनशन बसेका थिए।
आज लङभ्यु चियाबारीका महिला श्रमिकहरुले हिल प्लान्टेशन इम्प्लोइज युनियनको प्रतिनिधिहरू अनि पत्रकार माईतीहरुलाई अनशन स्थलमा नै भाई टिका लगाई दिएका थिए।उनिटीहरुले एकातिर श्रमिकहरुको हक र हितको निम्ति क्रमिक अनशन जारी रहने संकेत दिए भने अर्कोतिर हाम्रो सांस्कृतिक पर्व पनि जस्तै परिस्थितिमा पनि पालन गर्नुपर्छ भन्ने सन्देश दिएका छन्।

उल्लेखनीय छ लङ्भ्यु चियाबारीमा श्रमिकहरूलाई केवल १० प्रतिशत मात्र बोनस दिएको लगायत बगानमा वेतन साथै अन्य धेरै राशि भुक्तानमा बाँकी रहेकोले यहाँको श्रमिकहरू विगत २७ दिनदेखि लगातार रूपमा क्रमिक रिले अनशनमा बसिरहेका छन्।

About Author

Advertisement