मैला फ्याँक्ने डम्पिङ ग्राउण्डसम्म पुग्ने रोड मरमत्तिको कारणले तीन दिनसम्म खरसाङ नगरपालिकाद्वारा मैलाहरु फ्याँक्न र संकलन गर्न नसक्ने

IMG-20260804-WA0098(2)

खरसाङ: खरसाङ नगरपालिकाको मैला फ्याँक्ने डम्पिङ ग्राउण्ड रहेको ठाउँ सुन्तलेसम्म पुग्ने रोड जीर्णावस्थामा पुगेकोले यसको मरमत्ति कार्य चलिरहेको छ। उक्त रोडको मरमत्तिको कार्यले गर्दा खरसाङ नगरपालिकाको मैलाहरु तीन दिनको लागि बन्द हुने भएको जानकारी प्राप्त भएको छ। रोड मरमत्तिको कारणले गर्दा आज ५ अगस्त, भोलि ६ अगस्त र ७ अगस्त तीन दिनसम्म मैलाहरु फ्याँक्नु लान नसक्ने साथै मैलाहरु संकलन पनि नहुने भएको खरसाङ नगरपालिका प्रशासन पक्षबाट जानकारी प्राप्त भएको छ‌। खरसाङ नगरपालिकाको एकजना अधिकारीले दिएको जानकारी अनुसार नगरपालिकाको मैला फ्याँक्ने डम्पिङ ग्राउण्डसम्म पुग्ने रोड निक्कै जीर्णावस्थामा पुगेकोले यसको मरमत्तिको लागि टेण्डर गरेर मरमत्तिको कार्य शुरु भएको छ। उक्त मरमत्तिको कार्य गत सोमबारदेखि शुरु भएको र मरमत्ति कार्य चलिरहेको छ। यसको साथै यस रोडको मरमत्तिको लागि ५, ६ र ७ अगस्तसम्म गाडीहरु जान नसक्ने अवस्था आएकोले नगरपालिकाको मैलाहरु तीन दिनको लागि फ्याँक्न र संकलन गर्न नसकिने भएको जानकारी प्राप्त भएको छ। यसको साथै नगरपालिकाको तर्फबाट हक हालको पानी झरीमा पनि लगातार काम गरेर 8 अगस्तदेखि मैलाहरु फ्याँक्नलाई गाडीहरु कुदाउन सक्ने रोड बनाउन प्रयास गरिने भएको छ। उक्त अधिकारीले बताए अनुसार रोड मरमत्तिको कार्यले गर्दा तीनसम्म मैला फ्याँक्ने असमर्थ बनेकोमा खरसाङ नगरवासीलाई नगरपालिकाको यस कार्यमा सहयोग गर्न आग्रह गरिएको छ।

About Author

Advertisement