मेस्सीको ह्याट्रिकले वर्ल्ड कपमा अर्जेण्टिनाको उत्कृष्ट शुरुवात

IMG-20260617-WA0053

नयाँ दिल्ली: वर्तमान च्याम्पियन अर्जेण्टिनाले कप्तान लियोनल मेस्सीको रेकर्ड ह्याट्रिकको सहायताले फिफा वर्ल्ड कप २०२६-मा यादगार शुरुवात गऱ्यो। अमेरिकाको कान्सास सिटी स्टेडियममा बुधवार बिहान खेलिएको ग्रुप जे-को म्याचमा अर्जेण्टिनाले अल्जेरियालाई ३–०-ले पराजित गरी अभियान शुरु गऱ्यो। रेकर्ड छैटौंपल्ट वर्ल्ड कप खेल्न ओर्लिने मेसीले वर्ल्ड कपमा आफ्नो पहिलो ह्याट्रिक दर्ता गरे। यसको साथमा उनले वर्ल्ड कपमा सर्वाधिक १६ गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको रेकर्डको पनि बराबरी गरे। उनले म्याचको १७औं, ६०औं र ७६औं मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। म्याचको शुरुवातमा पनि मेस्सीले गोल गरेका थिए, जसलाई अफसाइडले गर्दा रद्द गरियो। यसरी अफसाइडले गर्दा नै अल्जेरियाका खेलाड़ीले म्याचको शुरुमै गरेको गोललाई पनि रद्द गरियो। म्याचमा शुरुदेखि नै अर्जेण्टिना हावी रह्यो अनि मेस्सीले पहिलो हाफमा टीमलाई बढ़त दिलाए। त्यसपछि दोस्रो हाफमा अझ २ गोल थपेर उनले म्याचलाई एकतर्फी बनाए। अल्जेरियाविरुद्ध म्याच मेस्सीको अन्तर्राष्ट्रिय करियरको २००औं म्याच पनि थियो। यस अवसरलाई उनले ह्याट्रिकको साथ यादगार बनाए।
यस जीतको साथ अर्जेण्टिनाले ३ अंक हासिल गरी ग्रुप जे-मा शीर्ष स्थानमा पुग्यो। अल्जेरियाविरुद्ध ह्याट्रिकको साथ मेस्सीले वर्ल्ड कपमा सर्वाधिक गोल गर्ने रेकर्डको पनि बराबरी गरे। वर्ल्ड कपमा १६ गोल गर्दै मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोसको रेकर्डको बराबरी गरेका छन्। मेसीले वर्ल्ड कपमा ह्याट्रिक गर्ने सबैभन्दा अधिक उमेरको खेलाड़ीको रेकर्ड पनि बनाएका छन्। यसअघि पोर्तुगलका क्रिस्टियानो रोनाल्डोले ३३ वर्ष १३० दिनको उमेरमा ह्याट्रिक गरेका थिए। मेस्सीले ३८ वर्ष ३५७ दिनको उमेरमा अल्जेरियाविरुद्ध वर्ल्ड कपमा ह्याट्रिक गरे। २००६-मा वर्ल्ड कपमा पदार्पण गरेका मेसीले अल्जेरियाविरुद्ध म्याचपछि छैटौं वर्ल्ड कप खेल्ने पहिलो खेलाड़ीको रेकर्ड पनि बनाए। उनले साल २०१० को वर्ल्ड कप छोड़ेर पाँचवटा वर्ल्ड कपमा गोल गरेका छन्। चार वर्षअघि कतरमा मेस्सीले आफ्नै कप्तानीमा अर्जेण्टिनालाई वर्ल्ड कप खितब पनि दिलाएका थिए। यस्तै वर्ल्ड कपमा सर्वाधिक म्याच खेल्ने रेकर्ड पनि उनकै नाममा छ। अल्जेरिया विरुद्धको म्याच वर्ल्ड कपमा मेस्सीको २७औं म्याच थियो।

About Author

Advertisement