नाम्चीः आगामी ९-१५ अगस्तसम्म पालन गरिने मेरा माटी मेरा देश कार्यक्रमलाई लिएर आज नाम्ची जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा एक समीक्षा सभा सम्पन्न भयो। जिल्लापाल एम भरानी कुमारको अध्यक्षतामा सम्पन्न भएको सभामा अतिरिक्त जिल्लापाल (विकास) सीपी राई लगायत वाइन विभागका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
मेरा माटी मेरा देश कार्यक्रम आजादीका अमृत महोत्सव अन्तर्गत पालन गरिने ध्वाजवाहक कार्यक्रम हो। यो कार्यक्रम विशेष गरेर राष्ट्रको निम्ति त्याग र वलिदान दिने बीर योद्धाहरूको स्मरणमा आयोजना गरिने भएको जिल्लापालले जानकारी गराए। उनले यस अभियानलाई सफल तुल्याउनको निम्ति सबैलाई सक्रियरूपमा सहभागी बन्ने आग्रह गरे।
यस कार्यक्रमको प्रमुख पाँचवटा विन्दु रहेको छ, जसमा सिलाफलकम समर्पण, पंच प्राण प्रतिज्ञा र सेल्फी, वसुधा वन्दना, वीरों का वन्दना, झण्डा फहराई र राष्ट्रगान सामेल छ। जसले देशका निम्ति आफ्नो प्राणको आहुति दिए उनीहरूको स्मरणमा यो कार्यक्रम शुरू गरिएको जिल्लापालले बताए।









