दार्जिलिङ: चुङथुङ ग्राम पञ्चायतमा भागोप्रमोको बोर्ड गठन हुने तय भएको छ। दार्जीलिङ पुलबजार पञ्चायत समिति अधीनस्थ चुङथुङ ग्राम पञ्चायतका भाजपाका विजेता छुमिला लेप्चा भागोप्रमोमा सामेल भएका छन्।
यस ग्राम पञ्चायतमा अब भागोप्रमोको बहुमत रहेको छ। १० सदस्यीय यस ग्राम पञ्चायतमा भागोप्रमोको ७ जना स्वतन्त्रता २ जना र भारतीय जनता पार्टीको एकजना निर्वाचित पञ्चायत सदस्य १ रहेको छ। १० वटा सिटमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको ७ जना सदस्यहरू भएकोले अब यस ग्राम पञ्चायतमा भागोप्रमोले सजिलै बोर्ड गर्ने भएको छ।











