सिलगढी: पश्चिम बंगाल सरकारको खेलकुद तथा युवा कल्याण विभागको पहलमा ‘खेला होबे दिवस’ मनाइँदैछ। यस अवसरमा, सिलगढी मेयर कप अन्तर कोचिंग क्याम्प फुटबल प्रतियोगिता -२०२३ कञ्चनजंघा स्टेडियम, सिलगढीको खेल मैदानमा आयोजित गरिएको थियो। प्रतियोगिताको बुधबार मेयरले उद्घाटन गरेका हुन्।

सो क्रममा मेयरले सबै खेलाडीसँग हात मिलाएर बधाई दिएका थिए।










