खरसाङ: तीनधारे महानदी समष्टिको घैयाबारी ग्राम पञ्चायत अन्तर्गत दुइ नम्बर बस्ती र चुनभट्टी क्षेत्रबाट विभिन्न पार्टीहरूबाट ४० घर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। सबैले पार्टी अध्यक्ष अनित थापाको बाहुलीबाट दलीय झण्डा थापेर भागोप्रमोमा सामेल भएका छन्। सामेल हुनेहरूमा गत पञ्चायत चुनावमा भाजपाको प्रार्थी रहेका एकजना महिला पनि रहेका छन्। यस अवसरमा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री, समष्टि सभापति राजिव थापा, घैयाबारी ग्राम पञ्चायत दुईको समितिको सदस्य साजन दर्जी, घैयाबारी ग्राम पञ्चायत दुईका उप प्रधान रञ्जित थापा सम्पूर्णको प्रयास र उपस्थितिमा चुनभट्टी अनि दुई नम्बर बस्तीबाट गोजमुमो, भाजपा अनि गेरामुमोबाट जम्मा ४० घरले जीटीए प्रमुख अनित थापाको हातबाट भागोप्रमोको झणडा थापेर पार्टीमा सामेल भएका छन्। भागोप्रमोमा सामेल भएको विषयमा पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्रीले विस्तृत रूपमा जानकारी गराएका छन्।










