गोरुबथान: डायमण्ड क्लब, माल बस्ती, गोरूबथानको तत्वावधानमा समपन्न प्राइज मनी इन्डिपेडेन्स कपको आज चुडान्त फाइनल खेल माल बस्ती खेल मैदानमा समपन्न भयो।ज्ञात रहोस गत १९ वर्ष देखि लगातार रूपमा डायमण्ड क्लब, मालबस्तीले प्राइज मनि ईन्डिपेन्डेन्स कप नकआउट फुटबल टुर्नामेन्ट आयोजना गरिरहेका छन्। आजको फाइनल खेल, कुवापानी एफ०सी० बनाम सेन्ट ब्रदर्श, राँगामाटी माझ भएको थियो। फाइनल खेल खुबै रोमान्चक भएको थियो।यस खेलमा एक गोलको बिरुद्ध तीन गोल दागेर कुवापानी एफ.सी. बिजयी बनेको छ। यस खेलमा म्यान अफ दि म्याच कुवापानी एफ. सी. का जर्सी नम्बर ०७ खेलाडी प्रविन सुब्बालाई रदान गरियो। ट्रफीको दाता श्री धन बहादुर राईको बाहुलीबाट खेलाडीलाई प्रदान गरियो। यसै गरी फेयर प्ले टिम सेन्ट ब्रदर्श, राँगामाटी दललाई प्रदान गरियो। यो ट्रफी दाता किरण छेत्रीको बाहुलीबाट प्रदान गरियो।खेल अवधिमा सबैभन्दा बेसी गोल दाग्ने खेलाडीलाई हाइएस्ट स्कोरर ट्रफी प्रदान गरियो। हाइएस्ट स्कोरर सेन्ट ब्रदर्श, राँगामाटीका जर्सी नम्बर ९ खेलाडी जेभियर उराँवलाई दाता श्री डम्बर गुरुङको बाहुलीबाट प्रदान गरियो। यस खेलको विजेता अनि उप विजेता ट्रफी दाता अशोक सुनामले आफ्नो बुबा स्वर्गीय खड्क बहादुर सुनामको नाममा दुवै दललाई प्रदान गरे।इन्डिभिज्युल विनर ट्रफी दाता प्रनय गुरूङले आफ्नो बाबा स्वर्गीय गजेन्द्र गुरुङको नाममा प्रदान गरे।
इन्डीभिज्युल रनर ट्रफी नविन परियारले आफ्नो आमा स्वर्गीय रहर माया सुब्बा (परियार)को नाममा प्रदान गरे।
नगद् रासी संस्थाकाे तर्फबाट विजेता दललाई ₹५००००/- अनि उप विजेता दललाई ₹३००००/- प्रदान गरियो।आजको खेलको निर्णायकहरुमा रमैले उमेश शर्मा, अशोक रोय, आलोप राई अनि राजु घिमिरे रहेका थिए।










