मिलिङ बस्ती र सोनादालाई जोड्ने मुख्य पूलको निर्माण कार्य अझै अधुरो रहेकोले धेरै असुविधा भईरहेको स्थानीयवासीको गुनासो

IMG-20260525-WA0079

सोनादा: सोनादा पचेङ समष्टिको मिलिङ बस्ती र सोनादालाई जोड्ने खाङ खोलामा रहेको मुख्य पूलको निर्माण कार्य अझैं अधुरो रहेकोले धेरै असुविधा भईरहेको स्थानीयवासीको गुनासो रहेको छ।‌ गत ४ अक्टोबर २०२५ मा पहाडभरि आएको भीषण बाढी र पैह्रका कारण मिलिङ बस्तीलाई सोनादासँग जोड्ने मुख्य खाङखोला पूल क्षतिग्रस्त बनेको थियो। उक्त पुलको पुनर्निर्माणका लागि जीटीएद्वारा निर्माण सामग्रीसमेत ल्याइएको भए पनि काम अझैं अधुरै रहेको स्थानीयवासीहरूको गुनासो रहेको छ। पूल निर्माण कार्य लामो समयदेखि रोकिँदा गाउँवासीहरू साथै विद्यालय आउने–जाने विद्यार्थी नानीहरूलाई दैनिक आवत जावतमा ठूलो समस्या भइरहेको गुनासो स्थानीयहरूले गरेका छन्। विशेषगरी वर्षायाम नजिकिँदै जाँदा जोखिम अझ बढ्ने भएकाले सम्बन्धित विभागले शीघ्र पूल निर्माण कार्य सम्पन्न गर्नुपर्ने माग उनीहरूको रहेको छ। स्थानीयहरूले मिडियामार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै बर्खा सुरु हुनु अघि नै पूलको निर्माण कार्य पूरा गरी सर्वसाधारणको सहज आवत जावत सुनिश्चित गरिदिन आग्रह गरेका छन्। यस विषयमा स्थानीयहरुले पत्रकारहरुलाई सम्बोधन गर्दै भने, हाम्रो नानीहरु स्कूल जाँदा यही पूल भएर जानुपर्दा नानीहरु बोकेर लानु पर्ने अवस्था रहेको छ। यहाँ बनिन्दै गरेको पूलमा पनि अहिले केवल बाँसको टेको मात्र रहेको छ जुन कुनै पनि समय खोलाले बगाउन सक्छ। अब झन बर्खा लागेपछि झन खतरा उत्पन्न भएको छ। यो पूल बनिन्दै गरेको भए पनि हाल निर्माण कार्य बन्द भएको छ।‌ तर निर्माण कार्य अधुरो नै रहेकोले स्थानीयहरुलाई धेरै असुविधा भईरहेको छ।’

यस अधुरो पूल विषयमा बोल्दै स्थानीयहरुले यो पूल बनाउन धेरै सामानहरु आएको नै हो। तर ती सामानहरु यता उता लगिरहेको आरोप लगाएका छन्। अहिले हिँड्न पनि असुविधा भईरहेको जानकारी गराएका छन्।‌ यस पूल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै स्थानीयहरुले यो पूल बर्खा वर्खा‌ लाग्न अघि नै बनाईदिने स्थानीयहरुलाई धेरै सुविधा हुने भएको जानकारी गराएका छन्।‌यस पूलको निर्माणको लागि स्थानीयहरुले सांसद राजु विष्टलाई यहाँ आएर एकपल्ट निरीक्षण गरिदिने र बनाई दिने अनुरोध गरेका छन्। यसको साथै खरसाङ विधानसभा समष्टिको विधायक सोनाम लामालाई पनि एकपल्ट निरीक्षण गरिदिने निवेदन गरेका छन्।

About Author

Advertisement