आमासँग बिताएका पलहरूले मनमा असीम आनन्द र कृतज्ञता भर्यो: मुख्यमन्त्री

FB_IMG_1779726892081

गान्ताेक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नी आमासँग बिताएका आत्मीय पलहरूको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै भावनात्मक सन्देश लेखेका छन्।
​आमासँगको भेटबाट आफूलाई ऊर्जा र शान्ति मिलेको उल्लेख गर्दै मुख्यमन्त्री गोलेले आमाको उपस्थिति नै आफ्ना लागि सबैभन्दा ठूलो सुख भएको बताएका छन्।
​”आफ्नी प्यारी आमासँग अमूल्य पलहरू बिताउन पाउँदा म आफूलाई साँच्चै भाग्यमानी महसुस गर्छु र हृदयदेखि नै कृतज्ञ छु,” आमासँगका केही तस्बिरहरू पोस्ट गर्दै मुख्यमन्त्री गोलेले लेखेका छन्, “आमासँग बिताएको समयले मेरो मनमा असीम आनन्द र कृतज्ञता भरेको छ। उहाँको उपस्थिति जति सुखद छ, त्यसले दिने सान्त्वना, माया र शान्तिलाई शब्दमा व्यक्त गर्न गाह्रो हुन्छ।”

मुख्यमन्त्री गोलेले सामाजिक सञ्जालमार्फत आफ्नी आमाको सुस्वास्थ्य, दीर्घायु र सुखद जीवनको कामना समेत गरेका छन्। “म उहाँको सुस्वास्थ्य, अनन्त खुसी र शान्ति एवं आशिर्वादले भरिएको लामो जीवनको लागि ईश्वरसँग प्रार्थना गर्दछु,” उनले भनेका छन्।

About Author

Advertisement