मिनर्भा एकाडमीको अण्डर-१२ टीम प्रतिष्ठित गोथिया कप च्याम्पियन

a24d3bad-94c5-4753-972f-9f56256e6862

नयाँ दिल्ली: विश्व युथ फूटबलको सबैभन्दा प्रतिष्ठित विदेशी प्रतियोगिताहरूमध्ये एक गोथिया कप २०२६ मा भारतको मिनर्भा एकाडमीले ऐतिहासिक सफलता हासिल गरेको छ। स्वीडेनमा भएको प्रतियोगिताको अण्डर-१२ वर्ग फाइनलमा भारतीय युथ टीम मिनर्भा एकाडमीले फूटबलको महाशक्ति मानिने ब्राजिलको युथ क्लब ‘आरएस स्पोर्टस यल्लो’ लाई २–१-ले पराजित गरी च्याम्पियन बन्ने गौरव हासिल गऱ्यो। फाइनल म्याच निकै रोमाञ्चक रह्यो। खेलमा उत्कृष्ट रणनीतिको प्रदर्शन गर्दै भारतीय खेलाड़ीहरूले ब्राजिलियन रक्षापंक्तिलाई ध्वस्त पारे। फाइनलमा मिनर्भा एकाडमीबाट किपगेन थांगसांगलेन र मेखामखराव नोनग्रेमले गोल गरे। यस जीतलाई भारतीय युवा फूटबल इतिहासकै एउटा स्वर्णिम अध्यायका रूपमा हेरिएको छ कारण विश्व फूटबलमा आफ्नो बलियो वर्चस्व भएको देश ब्राजिलविरुद्ध यस जीतले भारतीय खेलाड़ीहरूको क्षमतालाई विश्व मञ्चमा प्रमाणित गरेको छ। एक हप्ता अघि मात्र हेलसिन्की कप जितेर मिनर्भा एकाडमीले इतिहास रचेको थियो। यसपाली टीमले गोथिया कप पनि जितेर यूरोपियन डबल पूरा गऱ्यो। पञ्जाबको मोहालीमा अवस्थित निजी फूटबल एकाडमी फूटबल क्लबको एकाडमीको यस सफलताले भारत मात्र नभएर दक्षिण एशियाली क्षेत्रकै शीर गर्वले उच्च बनाएको छ। यस ऐतिहासिक विजेता टीममा भारतको पूर्वोत्तर क्षेत्र, विशेष गरी मणिपुर र मेघालय लगायत देशका विभिन्न राज्यहरूबाट चयन गरिएका प्रतिभावान युवा खेलाड़ीहरूको बाहुल्यता रहेको थियो। यो केवल एउटा ट्रफी नभएर भारतीय फूटबलको भविष्य सही र उज्ज्वल दिशामा अघि बढ़िरहेको बलियो संकेत हो।

About Author

Advertisement