गान्तोक: गत १८-२० जूनसम्म मध्य प्रदेशमा आयोजित मिडल गलर्स क्याटोगरी नेशनल योगा ओलम्पिएडमा सिक्किमले पहिलो स्थान ग्रहण गर्न सफल बन्दै स्वर्ण पदक हासिल गरेको छ। मध्य प्रदेशको राजधानी भोपालको रिजिनल इन्सटिट्युट अफ् एजुकेसनमा आयोजित राष्ट्रीय ओलम्पियडमा सिक्किमले स्वर्ण पदक हासिल गरेको छ। उल्लेखनीय छ, सिक्किमले यस प्रकारको कार्यक्रममा दोस्रो पल्ट सहभागिता जनाएको हो। यस भन्दा अघि वर्ष २०१८मा सिक्किमका महिला र पुरूषदुवै वर्गमा सहभागिता जनाएको थियो, जसमा स्वर्ण पदक हासिल गरेको जानकारी गराएको छ।

सो कार्यक्रममा देशका २६ वटा राज्य र ३ वटा युनियन टेरिटोरिले सहभागिता जनाएको थियो। उदघाटन कार्यक्रममा मध्य प्रदेशका राज्यपाल मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। एनसीईआरटीद्वारा आयोजना गरिएको यस कार्यक्रममा केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले भर्चुउलरूपमा सहभागिता जनाएका थिए।











