मन्त्री एमएन शेर्पाले गरे भल पैह्रौ प्रभावित स्थलको निरीक्षण

IMG-20230620-WA0329.jpg

गान्तोक: विद्युत एवम यातायात विभाग मन्त्री एमएन शेर्पा, सोरेङ जिल्लाका जिल्लापाल भीम ठटाल लगायत अन्य अधिकारीहरूले हिजो दरामदिन निर्वाचन क्षेत्र अन्तर्गत भल पैर्हौ प्रभावित स्थलको निरीक्षण गरे। उल्लेखनीय छ,गत केही दिन आएको पानीले दरामदिन निर्वाचन क्षेत्रको विभिन्न स्थानमा व्यापकरूपमा क्षति पुगेको छ। निरीक्षणको क्रममा मन्त्री शेर्पाले स्थानीय पञ्चायतहरूलाई निजी सम्पतिमा पुगेको क्षतिबारे विस्तृतरूपमा रिपोर्ट तयार गर्नुपर्ने निर्देश दिएका छन्। भल पैह्रौको कारण घर,जग्गा जमीन, गाई बस्तु आदिलाई पनि धेरै क्षति पुऱ्याएको छ। उनले पञ्चायत साथै समवन्धित अधिकारीहरूलाई रिपोर्ट बनाएर जिल्लापालसमक्ष बुझाउनु पर्ने सुझाउ दिएका छन्। सम्वन्धित अधिकारीहरूले क्षतिपूर्तिको आँकडा शीघ्र तयार गर्नु पर्ने निर्देश दिएका छन्। मन्त्री शेर्पाले क्षति न्यूनीकरणका लागि आवश्यक सबै सहयोग साथै तत्काल कारबाही गरिने आश्वासन दिए। उनले मनसुनका कारण आगामी दिनमा अझै धेरै क्षति हुने सम्भावना रहेकाले सबै सरोकारवालाहरु थप सजग र सचेत हुनुपर्ने सुझाउ दिएका छन्।

About Author

Advertisement