मार्गरेट्स होप भागोप्रमो-को समर्थन सभा

IMG-20240315-WA0228.jpg

सोनादा: टुङ-सन्तमेरिज समष्टि अन्तर्गत मार्गरेट्स होप भूजेल गाउँबाट अन्य दलमा रहेका २० घर-परिवारहरु भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। विगत दिनहरुमा यी सदस्य/सदस्याहरु अन्य दलमा बसेका थिए भने अनित थापाको कार्यशैली, लगनशीलता एवं कार्यप्रणालीप्रति आकर्षित भई भूजेल गाउँका यी सदस्य/सदस्याहरुले भागोप्रमोको दलीय झण्डा ग्रहण गर्दै भागोप्रमो परिवारमा सामेल भएको भागोप्रमो टुङ-सन्तमेरिज समष्टिको पक्षमा प्रचार प्रसार सचिव बसन्त कुलुङ राई र बिराज थापाले जानकारी गराएका छन्। भागोप्रमो टुङ-सन्तमेरिज समष्टिका सभापति नुरी शेर्पाको अध्यक्षतामा सम्पन्न गरिएको उक्त समर्थन सभालाई समिति सदस्य छोगेल लामाद्वारा सञ्चालन गरिएको थियो भने मार्गरेट्स होप खण्ड समितिका सभापति दिपेन्द्र सुब्बा, समष्टि युवा शक्ति सचिव दिपेश तामङ अनि सभाध्यक्ष नुरी शेर्पाद्वारा सभालाई सम्बोधन गरिएको थियो। उक्त समर्थन सभामा समष्टि जोनल सभापति बसन्त कुलुङ राई, समष्टि सल्लाहकार दिलीप गजमेर, मार्गरेट्स होप खण्ड समिति सचिव रेमोश तामङ लगायत स्थानीय प्रतिनिधिहरुसहित ग्रामवासीहरुको उपस्थिति रहेको थियो।

About Author

Advertisement